अपराधी र प्रहरीबीचको लुकामारी लिएर आयो चि मुसी ची


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

चलचित्र ‘चि मुसी ची ’ शुक्रबारबाट मुलुकका पाँच दर्जन सिनेमा हलमा एकसाथ रिलिज भएको छ । ११ साउनबाट प्रदर्शन आएको यो चलचित्रले पहिलो दिनको पहिलो शोमा दर्शकको राम्रै साथ पाएको यसका निर्देशक दिनेश श्रेष्ठले बताएका छन् ।

‘चलचित्र सस्पेन्स र थ्रिलर म्युजिकल ड्रामा हो । नेपाल र बैंककमा छायाँकन गरिएको चि मुसी चीलाई पहिलो शोमा सकरात्मक प्रतिक्रिया आएको छ ।‘ निर्देशक श्रेष्ठले भने,‘मुसा र बिरालोको खेल जस्तै अपराधी र प्रहरीको खेलमा यो चलचित्र आधारित छ ।’

चि मुसी चीबारे के भन्छन त कलाकार देखि निर्देशक, निर्माता, (हेर्नुस भिडियाे)

यो चलचित्रमा सुनिल क्षत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, सशांक बस्याललगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रका डेब्यु नायक सुनिल क्षत्री डान्स इन्डिया डान्समा सहभागी भएर लोकप्रियता हासिल गरेका कलाकार हुन् । सुनिल म्युजिक भिडियो हुँदै चलचित्रमा पहिलोपटक प्रस्तुत भएका हुन् । यस्तै भारतकै एमटिभीबाट आउने कार्यक्रम स्प्लिट भिल्लामा सहभागिता जनाइसकेकी अलिशा शर्मा यही फिल्मकी डेब्यु नायिका हुन् । डान्स र म्युजिक भिडियो हुँदै चलचित्र चि मुसी ची बाट नायिकाको रूपमा उनी चि मुसी चीबाट चलचित्रमा आएकी हुन् ।

चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका छन् । सस्पेन्सट थ्रिलर लभ स्टोरीमा आधारित भनिएको यो चलचित्रमा अर्का अभिनेता सुशान्त कार्की प्रहरी निरीक्षकको भूमिकामा देखिँदै छन् । चलचित्रमा सुनिल र अलिशाको प्रेममा खलपात्रका रूपमा सुशान्तलाई उतारिएको चर्चा छ ।

चलचित्र चि मुसी चीमा अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेका छन् । यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की हुन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
यो चलचित्रमा सुनिल क्षत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादनमा भूपेन्द्र अधिकारीले गरेका हुन् ।