कथाले मागे अन्तरँग दृष्य दिन तयार सन्ध्या


व्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

अभिनेत्री सन्ध्या केसीले कथाले मागेको खण्डमा आफु अन्तरँग (यौन सम्बन्धयुक्त) दृष्य दिन पछि नपर्ने बताएकी छिन् । त्यसो त उनको यतीबेला प्रदर्शन भईरहेको चलचित्र पण्डित बाजेको लौरीमा पनि साँकेतिक अन्तरँग दृष्य छ । सो फिल्ममा सन्ध्याले बदिनी महिलाको यौनकर्मी भूमिका निर्वाह गरेकी छिन् ।

आईतबार फिल्म ‘कथा काठमाडौं’ एउटा गीत रिलिजका क्रममा सोधिएको प्रश्नमा उनले कथाले मागेको इन्टिमेट सिन दिन तयार रहेको बताईन् । यो चलचित्रको एउटा गीतमा अभिनेत्री प्रियँका कार्कीले इन्मिेसी दृष्य दिएकी छिन् । त्यस्तै दृष्य दिन सकिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा सन्ध्या केसीले यस्तो जवाफ दिएकी हुन् ।

संगीता श्रेष्ठ निर्देशित १२ असोजमा रिलिज हुने चलचित्र कथा काठमाडौंमा सन्ध्या सहित प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।