व्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन

उठमायाँ जुरुक्क नाच फुरुक्क…भन्दै एवम् मोडल आरुषी मगरले गायक बिक्रम रानालाई ठुम्का मारेकी छिन् । यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै क्रममा विक्रम राना र ज्योति मगरले ल्याएको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै…’ मा आरुषीले ठुम्का मारेकी हुन् । गीतको भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।

आधा दर्जनभन्दा भन्दा गीतमा मोडलिङ गरेका विक्रमको आफ्नै स्वरमा रहेको यो तीज गीत पहिलो हो । ‘यो तीज गीतसँगै अन्य गीतहरु पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छु’, विक्रमले भने ।

गीतमा विक्रम रानालाई नाच्ने क्रममा मोडल आरुषी मगरले ठुम्का मारेकी हुन् । गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

करन न्यौपानेको शब्द–सङ्गीत, बिपिन आचर्यको एरेन्जर रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।