६ श्रष्टा संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत


व्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित  ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’बाट ६ जना श्रष्टा पुरस्कृत भएका छन् ।

नेपाली संगीत, लोक नृत्य, लो नाट्य, गायन, तथा लोक गायन क्षेत्रमा पाँच दशक भन्दा लामो समय योगदान पु¥याएका कारण यी श्रष्टाहरुलाई पुरस्कृत गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ जना श्रष्टालाई २०७४ सालको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरेका हुन् । यी सबै श्रष्टाहरुलाई जनही एक लाख एक रुपैयाँ र ताम्रपत्रद्वारा पुरस्कृत गरियो ।

कार्यक्रममा शास्त्रीय संगी तर्फको पुरस्कार साँढे ६ दशकदेखि शास्त्रीय संगीतमा क्रियाशिल अग्रज बाद्यबादक एवम् शास्त्रीय संगीतकार पुष्परत्न तुलाधरलाई प्रदान गरियो । आधुनिक गीत तर्फको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार ६ दशक भन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई प्रदान गरियो ।

यस्तै ६ दशकदेखि लोकसंगीतमा सकृय गायक एवम् गीत सँकलक एल.पी. (लक्ष्मीप्रसाद) जोशीलाई लोक संगीत तर्पmको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।

यसैगरी ६ दशकदेखि यो क्षेत्रमा क्रियाशिल अग्रज अभिनेत्री एवम् नृत्य कलाकार सुभद्रा अधिकारीलाई सोही कार्यक्रममा नृत्य सम्बन्धिको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो ।

६ दशक भन्दा लामो समयदेखि मल्लकालिन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्रा. डा. रामावतार यादबलाई नाट्य तर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो । उनी बिदेशमा भएका कारण छोरा डा. बिजय यादबले सो पुरस्कार ग्रहण गरे ।

यस्तै नाट्य तर्फ नै पाँच दशक भन्दा लामो सयमदेखि नाटक क्षेत्रमा क्रियाशिल नाट्यकर्मी मदनदाश श्रेष्ठलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो । यी सबै पुरस्कार उपराष्ट्रपति पुन, कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भुजीत बासकोटा, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा प्रदान गरे ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पाँच दशक भन्दा लामो समयदेखि संगीत, नाट्य, अभिनय, नृत्य, गायन, गीतलेखन, बाद्यबादन क्षेत्रमा सक्रिय श्रष्टाहरुलाई संगीत तथा नाट् प्रज्ञा प्रतिष्ठानका तर्फबाट सो कार्यक्रममा श्रष्टा परिचयपत्र प्रदान गरे । उनले तीन दर्जन भन्दा बढी श्रष्टालाई परिचयपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रिपति पुनले नेपाली मौलिक लोक संगीत, लोक नृत्य, नाच, नाटकको संरक्षण गर्नसकेमात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यको प्रसँसा गर्दै उपराष्ट्रपति पुनले यस्तो प्रतिष्ठानलाई अक्ष ससक्त र सवल बनाउन सरकारको ध्यान आकर्षक गराउँछु भने । चाँडै संगीत बोर्ड गठन गर्न पनि उनले सुझाब दिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाली संगीत, नृत्य, नाट्य क्षेत्रमा आजीवन योगदान दिएर यो क्षेत्रमा अतुलनीय योदान पुर्यारएकोकारण प्रतिष्ठानले चार वर्षदेखि यो राष्ट्रिय प्रज्ञा पुरस्कारले त्यस्ता श्रष्टालाई सम्मान गर्र्दै आएको बताए ।

कुलपतिले संघीय गणतन्त्रसँगै मुलुक प्रादेशिक संरचनामा गएको बेला प्रज्ञा प्रतिष्ठानहरुलाई खुम्च्याउँदै नेपालको मौलिक लोक गीत, संगीत, नाच, नाटक, कलालाई साहित्यमा गभ्दै यो क्षेत्रलाई धरासायी बनाउन प्रतिष्ठान गाभ्ने नाउमा केही व्यक्तिले चलखेल गरिरहेको बताए । त्यस्तालाई आफुहरुलाई खबरदारी गर्ने पनि उनले बताए । उनीहरु मौलिक लोक संस्कृति संरक्षणको पक्षपति भएको कुलपति सरुभक्तले जिकिर गरे । संस्कृति मन्त्री रविन्द्र अधिकारीले तीन ओटै प्रतिष्ठानलाई अझ ससक्त बनाएर स्वतन्त्र रुपमा अघि लैजाने धारणा राख्दै आएकोमा त्यो भनाईका कुलपति सरुभक्तले स्वागत गरे ।

यस्तै सो प्रतिष्ठानको उपकुलपति शम्भुजीत बासकोटाले यो पुरस्कारले पुरस्कृत कलाकारलाई राष्ट्रको गौरवसँग जोड्ने विश्वास पनि उनले व्यक्त गरे । राष्ट्रिय स्तरको यो पुरस्कार अग्रज श्रष्टाहरुको योगदानको कदरसँगै यो क्षेत्रमा अझ प्रोत्साहन मिल्ने विश्वास प्रतिष्ठानले लिएको छ भने ।