तेजबहादुर कार्कीले ल्याए बाहुन क्षत्रीको ‘मष्टो संस्कृति’


व्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

ऐतिहासिक एवम् सांस्कृतिक अध्ययन पुस्तक ‘मष्टो संस्कृति’ पाठकमाझ आएको छ । संस्कृतिविद् तेजबहादुर कार्कीको यो पुस्तकको भृकुटी मण्डपमा सञ्चालीत २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

प्रा.डा. राजाराम सुवेदी र डा. जगमान गुरुङले पुस्तकको संयुक्त विमोचन गरेका छन् । सो कार्यक्रममा पुस्तक र मष्टो संस्कृतिबारे विचार विमर्श गरेका थिए । शिखा बुक्सबाट प्रकाशित २४८ पेज रहेको यस मष्टो संस्कृतिलाई ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरित गरिएको छ । यसको मूल्य ३५०रुपैयाँ रहेको छ ।

प्रा.डा राजाराम सुवेदीले कार्यक्रममा बोल्दै विभिन्न स्रोत र सन्दर्भ सहित मष्टो संस्कृतिको बारेमा अनुसन्धान गर्दै लेखिएको यस पुस्तक खसहरूको एउटा बहुमूल्य सम्पत्ति सावित भएको बताए । उनले हरेक खस मष्टोसंस्कृति मान्नेहरूले आफ्नो पहिचान थाहा पाउन र थाहा दिनको लागि प्रत्येककोे घरघरमा यो पुस्तक हुनुपर्नेमा जोड दिए । आफ्नो स्पष्ट स्वरुप नभएको मष्टोको धर्म संस्कृति उदार भएकोले अहिले यसको क्षय हुँदै गएको उनले औल्याए ।

पुस्तकबारे टिप्पणी गर्दैै डा जगमान गुरुङले खसहरूको प्रमूख विशेषता मष्टो संस्कृति रहेको बताए । खस आर्य बाहुनहरूले आफ्नो इतिहास, कुल र कुलदेवताको बारेमा जानकारी पाउन यो मष्टो संस्कृति पुस्तक पढ्दै पर्ने र यसले मष्टोसंस्कृतिधारीहरूको थप अध्ययन गर्न एउटा कोशे ढुङ्गो सावित हुने पनि गुरुङले बताए । उनले अधिकांश बाहुनहरूको कुलदेवता मष्टो रहेको र जसमा १२ भाइ मष्टा, ९ बहिनी भवानी रहेको उल्लेख गरे ।

उपन्यासकार जीवन खड्काद्वारा सञ्चालित सा कार्यक्रेममा बोल्दै लेखक तेजबहादुर कार्कीले संस्कृतिको कठघरामा उभिएर धेरै कठिन मिहिनेत र परिश्रम पश्चात यो कृति तयार पारेको जानकारी गराए । अझ यस विषयमा अन्य जानकारहरूसँग सल्लाह समन्वय गरेर गहिराइसम्म अनुसन्धान गरी अर्को संस्करणहरु प्रकाशन गर्ने पनि उनले बताए ।