चँगालाई सेन्सरको युनिभर्सल सर्टिफिकेट


व्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ

यही २५ जेठबाट देशव्यापी प्रदर्शन हुने चलचित्र चँगा सेन्सर बोर्डबाट पास भएको छ । सेन्सर बोर्डले चँगालाई सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र दिएको छ ।
यतीबेला तिब्र प्रचारमा व्यस्त यो चलचित्रको प्रदर्शनी तयारी भईरहेको यसका निर्माता निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले बताए ।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको चँगामा मुख्य भूमिका छ । यो चलचित्रमा राजनराज सिवकोटी र कमल खत्रीको संगीत समावेश छ । यसलाई रविन आचार्यले खिचेका हुन् ।

निर्देशक भण्डारीकै कथा समावेश चँगाको अर्की निर्माता कलाकार समेत रहेकी रेश्मा हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे छन् ।

चँगाको लोक लयको गीत ‘कम्पनी माला…’ यतीबेला चर्चामा छ । राजनराज शिवाकोटीको संगीत यसमा छ । उनलाई स्वरमा अञ्जु पन्तले साथ दिएकी छिन् । गीतको शब्द राजेन्द्र थापाले लेखेका छन् ।