भिडियोमा अनुरागको यस्तो साथी…


व्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

सत्यराज आरसी निर्देशित चलचित्र ‘अनुराग’को निर्माण पक्षले यो चलचित्रको नयाँ गीतको भिडियो बजारमा आएको छ । अनुरागको यस्तो साथी…गीतको भिडियोलाई युट्युव मार्फत सार्वजनिक रिलिज गरिएको हो ।

यो गीतको भिडियो अनुरागका अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमको अभिनय छ । गीतलाई बिक्रम स्वाँरले सुन्दरसँग कोरियोग्राफी गरेका छन् । यसलाई रामकुमार केसीले खिचेका हुन् ।

यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । गीतमा सरोज पोखरेलको संगीत छ । गीतलाई निर्देशक सत्यराज आरसी आफैंले लेखेका हुन् ।

यो फिल्ममा धमला पत्नी एलिजा सहित ठिनले लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत सहितको अभिनय छ । चलचित्रलाई पत्रकार ऋषी धमलाले निर्माण गरेका हुन् ।

भिडियाे यस्ताे छ