रणबीरको प्रचार गर्दै शुभेच्छा र शुशिलको क्याटवाक


व्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

अभिनेता अभिनेत्रीहरु पछिल्लो समय मोडलको रुपमा र्याम्पमा क्याटवाक गर्ने क्रम बढेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न फेशन शो ‘चौथो एन्जल अन द फ्लोर’मा अभिनेत्री शुभेच्छा खड्का, अभिनेता शुशिल सिटौला र अर्की अभिनेत्री सारा सिरपालीले क्याटवाक गरेका छन् ।

आर आर गु्रपले शुक्रबार राती काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरेको फेशन शोमा चलचित्र रणबीरका यी अभिनेता शुशिलसँग अभिनेत्री शुभेच्छ शोज टपरका रुपमा मञ्चमा उत्रिएकी हुन् ।

चलचित्र रणबीरको एउटा गीतमा नृत्य कलाकारले सोही कार्यक्रममा नृत्य प्रस्तुत गरे । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनका तर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिए । कार्यक्रममा ६ ओटा सिक्वेन्समा फेशन सो प्रस्तुत गरिएको थियो ।

अभिनेत्री सारा सो कार्यक्रममा अतिथिको रुपमा मञ्चमा प्रस्तुत भईन् । फेशन सोको सुरु साराको क्याटवाकबाट भयो । शो को समापन शुभेच्छाको र्याम्प प्रस्तुतिबाट गरिएको थियो ।