व्युटी न्युज नेपाल,
काठमाडौ, २८ बैशाख

शुक्रबारबाट मुलुकका ८० ओटा सिनेमा हलमा एकसाथ चलचि लम्फु प्रदर्शन भएको छ । शुक्रबार बिहानको शोमा काठमाडौ र मोफसलका मल्टिप्लेक्समा ८० प्रतिसत भन्दा माथि दर्शकको चाप रहेको निर्माण पक्षले बताएको छ । सिँगल थिएटरमा पनि दर्शकहरुको उपस्थिति राम्रो रहेको यसका निर्माता शक्तिबल्लभ घोरासाईनीले बताएका छन् । निर्माता घोरासाईनीका अनुसार मल्टिप्लेक्स र सिँगलसबैमा दर्शकको फ्लो राम्रो छ ।

लम्फुमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्यलगायतको अभिनय छ । यस चलचित्रमा तरकारीवालीको नामले चचा कमाएकी कुशुम श्रेष्ठको पनि अभिनय छ । जसमा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन, पुनम गौतमको ड्रेस डिजाईन्, अर्जुन पोखरेलको संगीत छ ।

लम्फुको सुरुवाती राम्रो भएकाले आफुहरु उत्साहित भएको निर्देशक गोपालचन्द्र लामिछानेले व्युटी न्युज नेपाललाई बताए । लम्फुले राजधानीका सबैजसो मल्टिप्लेक्स हल पाएको छ । निर्देशक लामिछानेका अनुसार यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतार चढावको कथा समेटिएको छ ।