काठमाडौं, २३ बैशाख

एउटा चलचित्रमा लिने पारिश्रमिक भन्दा बढी पारिश्रमिक लिएर अभिनेता प्रदीप खड्का ब्रान्ड एम्बेस्डर बनेका छन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । हो, अभिनेता खड्का चलचित्रको भन्दा बढी पारिश्रमिक लिएर ‘ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी’ का ब्रान्ड एम्बेस्डर भएका हुन् ।

आईतबार राजधानीमा एक समारोहबीच पूर्व युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीको आतिथ्यमा प्रदीप ब्राडफोर्डका लागि नियुक्त भएका हुन् ।

अभिनेता प्रदीप खड्का र बोर्डफोर्डका प्रबन्ध निर्देशक पवन बिष्टले सँयुक्त हस्ताक्षर गर्दै प्रदीप सो कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएका हुन् ।

कार्यक्रममा प्रदीपले भने,‘नेपालीहरु जुन देशमा गएर भएपनि शिक्षित र दक्ष बन्नुपर्छ भन्ने उदेश्य मेरो पनि भएकाले सोही उदेश्य अनुरुप एब्रोड एजुकेशनका लागि म ब्राडफोर्डमा एक वर्षका लागि आबद्ध भएको छु । यो एबवर्ष शिक्षा क्षेत्रमा पुरा समय दिएर ब्राडफोर्ड मार्फत म धेरै भन्दा धेरै नेपालीलाई अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न देशबाट उच्चशिक्षाको डिग्रीका लागि सारथी बन्नेछु ।’ बिदेशमा डिग्री हाँसिल गरेर बिदेशमै बसे पनि नेपालीहरुले नेपालकै लागि काम गर्नु पर्छ भन्नेमा आफुले जोड दिने पनि उनले बताए ।

चलचित्र र शिक्षालाई जोड्दै कलाकारहरुले शिक्षा क्षेत्रमा पनि योगदान दिनसक्छन भनेर ब्राडफोर्डको ब्रान्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्कालाई चयन गरेको यसका प्रबन्ध निर्देशक पवन बिष्टले बताए ।

पूर्व खेलकुद मन्त्री राजनकुमार केसीले नेपालीहरु अझ गुणस्तरीय शिक्षाका लागि बिदेश गएर डिग्री दिनु राम्रो भएको बताउँदै अभिनेता प्रदीपलाई शिक्षा क्षेत्रसँग आबद्ध भएकोमा उनले बधाई दिए ।

नयाँ बानेश्वर स्थित ‘ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी’ एब्रोड एजुकेशनका लागि १२ वर्षदेखि समयदेखि काम गर्दै आएको छ । ब्राडफोर्डले यो १२ वर्षमा हजारौं नेपालीलाई अमेरिका, युरोप, अष्ट्रेलियाबाट उच्चा शिक्षा हाँसिल गर्न सहयोग गर्दै नेपालीलाई  उच्च शिक्षित हुन मद्धत पुर्याएको छ ।