नयाँ वानेश्वरमा खुल्यो मायाज व्युटी पार्लरमा


काठमाडौं, १५ बैशाख

काठमाडौंको नयाँ बनेश्वरमा अर्को नयाँ व्युटी पार्लर खुलेको छ । एक दशकदेखि व्युटी पार्लर पेशामा आबद्ध गीता गिरीले त्यहाँ शनिबारबाट ‘मायाज व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ सुरु गरेकी हुन् ।

शनिबार दिउँसो अभिनेत्री सञ्चिता लुइँटेलले रिवन काटेर सो पार्लरको उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री सञ्चिताले यो पार्लरले राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् ।

व्युटिसियन गीताले अभिनेत्री सञ्चितालाई आफ्नो पार्लरका तर्फबाट एक वर्षसम्मकालागि सम्पूर्ण सौन्दर्य सुबिधा निःसुल्क प्रदान गर्ने घोषणा गरिन् । आफ्नो पार्लरमा आउने अन्य कलाकारकालागि पनि बिशेष छुटको ब्यबस्ता गरेको उनले बताईन् । सबैकालागि बैशाख महिना भरी पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि उनले जानकारी गराईन् ।

भक्तपुर सुर्य्विनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखाको रुपमा नयाँ बानेश्वरमा शनिबारबाट सुरु गरेको पनि गीताले जानकारी गराईन् । आफुले एक महिना भित्रै कलंकीमा अर्को साखा खोल्ने घोषणा समेत उनले गरिन् ।

पार्लरले महिलाहरुको लागि सौन्दर्य सुबिधा उपलब्ध गराउनेछ र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको समेत संचालिका गिरीले जानकारी गराईन् । व्युटिसियन बन्न चाहनेकालागि आफ्नो पर्लरमा वेसिक, एडभान्स देखि डिप्लोमासम्मको प्रशिक्षणको व्यबस्था रहेको पनि उनले बताईन् ।