सल्लाघारीमा मेनुकाको दोस्रो ओम शान्ति व्युटी पार्लर


काठमाडौं, १४ बैशाख

बिगत डेढ दशकदेखि भक्तपुरमा ओम शान्ति व्युटी पार्लर एन्ड ट्रेनिङ इन्सिटिच्युट सञ्चालन गर्दै आएकी बरिष्ट व्युटिसियन मेनुका शिवाकोटी उप्रेतीले आफ्नो पार्लरको दोस्रो शाखाको रुपमा अर्को पार्लर खोलेकी छिन् । दोस्रो शाखाको रुपमा उनले भक्तपुरको सल्लाघारी स्थित तीनकुने नजिक ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ इन्सिटिच्युट स्थापना गरेकी हुन् ।

लोटस् हर्वलका नेपाल प्रमुख तथा कन्ट्री म्यानेजर सुकान्त सरकारले यो नयाँ शाखाको रिबन काटेर उद्घाटन गरे । उद्घाटन अघि सिटिईभिटीका उप निर्देशक शैलेन्द्र आचार्यले पानसमा बत्ति बालेर यो पार्लरको शुभसाईत सम्पन्न गरेका थिए ।

ओम शान्ति व्युटी पार्लर एन्ड एन्ड ट्रेनिङ इन्सिटिच्युटको मुख्य शाखाले सेवा दिए जस्तै यो शाखाले पनि उत्कृष्ट सेवा दिने विश्वास कार्यक्रममा सहभागीहरुले व्यक्त गरे ।

अग्रज व्युटिसियन डा. राजश्री श्रेष्ठ, सुमित्रा रञ्जित, शुशिला गौतम चुडाल, सुलोचना श्रेष्ठ, सिता श्रेष्ठलगायतले नयाँ पार्लरको सफलताको कामना गरेका थिए ।

व्युटी, हेयर र स्किनका सम्पूर्ण सेवा सहित यो नयाँ शाखामा सौना बाथको सुविधा पनि रहेको व्युटिसियन मेनुका शिवाकोटी उप्रेतीले जानकारी गराईन् । यो पार्लरमा बेसिक देखि डिप्लोमासम्मको व्युटिसियन सम्बन्धि प्रशिक्षण दिईने पनि मेनुकाले जानकारी गराईन् ।