नयाँ वर्षमा रश्मिलाज फेसियल हाउसले गर्यो सम्मान


काठमाडौं, ४ बैशाख

राजधानीको काठमाडौं मलमा मुख्य शाखा रहेको रश्मिलाज फेसियल हाउसले नयाँ बर्ष २०७५ को अबसरमा बनभोज कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । काठमाडौंको टोखा स्थित टोखा शिबपुरी भिलेज रिसोर्टमा नयाँ वर्षको अबसरमा रश्मिलाज फेसियल हाउसले बनभोज तथा सम्मान कार्यक्रम आयोजना सहित तीन व्यक्तिलाई सम्मान गरेको हो ।

बिगत दुई दशकदेखि व्युटिसियन पेशामा सक्रिए रहँदै पाँच हजार भन्दा बढी पुरुष महिलालाई व्युटिसियन प्रशिक्षण दिएर व्युटी पेशामा ल्याएकी रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन, काठमाडौंकी अध्यक्ष सुन्दरी कारञ्जित (सोनी)लाई विशिष्ट योगदान सम्मानबाट कार्यक्रममा सम्मानित गरियो ।

यस्तै बिगत चार वर्षदेखि फेशन डिजाईनमा लागेकी फेशन डिजाईनर काजल शर्मालाई रश्मिलाज फेसियल हाउसलाई सहयोग पुर्याएको भन्दै कार्यक्रममा सम्मान गरियो । फ्रिलान्सर रुपमा विभिन्न सञ्चार माध्यममा समाचार पठाउँदै आएका फोटोग्राफर सुर्य चन्दलाई पनि रश्मिलाज फेशियल हाउसलाई सहयोग पु¥याए बापत बनभोज कार्यक्रममा सम्मान गरिएको छ । रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश श्रेष्ठ र अध्यक्ष एबम् बरिष्ट व्युटिसियन रश्मिला श्रेष्ठले यी तीन जनालाई सो सम्मान प्रदान गरेका हुन् ।

यस्तै रश्मिलाज फेसियल हाउसलाई सहयोग पुर्याउँदै आएको भन्दै अभिनेत्री खुस्बु खड्का, कलाकार कबिता शर्मा, गायिका टिका प्रसाई, गायक लेखराज गुरुङ सहित चम्पा नेपाल, रमेश श्रेष्ठ लगायतलाई कार्यक्रममा सञ्चालक प्रकाश श्रेष्ठ र अध्यक्ष एबम् बरिष्ट व्युटिसियन रश्मिला श्रेष्ठले मायाको चिनो प्रदान गरे । रश्मिलाज फेसियल हाउसका चार जना कर्मचारीलाई २०७४ सालभरी उत्कृष्ट सेवा गरेबापत ‘इम्प्लोई अफ द एयर’ उपाधि प्रदान गरियो ।

काठमाडौ मलमा मुख्य कार्यालय र काठमाडौंको त्रिपुरेश्वर स्थित सिभिल मलमा, गोंगबुको बिजी मलमा र पोखरामा समेत आउटलेट रहेको रश्मिलाज फेसियल हाउसबाट हेयर, स्किन र ब्यूटी केयरमा अन्तराष्ट्रिय स्तरको सुविधा आफुहरुले प्रदान गर्दै आएको सञ्चालक प्रकाश श्रेष्ठले सो सम्मान कार्यक्रममा बताए ।

प्रकाश श्रेष्ठ र रश्मिला श्रेष्ठ

 

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिलाले आफ्नो फेसियल हाउसमा महिला पुरुष दुबैका लागि सौन्दर्य सम्बन्धि सेवा दिँदै आएको जानकारी गराईन् । उनले सौन्दर्य सम्बन्धि बेसिक देखि एड्भान्स, डिप्लोमासम्मको प्रशिक्षण पनि आफुहरुले दिने गरेको बताईन् । सम्मान समारोहपछि नाचगान र खानपीन साथ कार्यक्रममा सहभागीहरुले बनभोजको मजा लिएका थिए ।