सरिता र सुहाना व्युटी न्युज नेपालको व्युटी एम्बेस्डर


काठमाडौ, ३ बैशाख

व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता सरिता भारतीलाई व्युटी न्युज नेपालले व्युटिसियन समाचारका लागि ‘व्युटि ब्राण्ड एम्बेस्डर’को रुपमा चयन गरेको छ । राजधानीमा एक समारोहबीच उनलाई व्युटी न्युज नेपालका तर्फबाट ब्राण्ड एम्बेस्डरको रुपमा गरेको हो ।

 

 

लामो समयदेखि व्युटिसियन पेशासँग सम्बद्ध सरिता कुसल मेकअप आर्टिस्ट हुन् । व्युटी न्युज नेपालको प्रवर्धनमा आफुले पूर्ण साथ दिने सरिताले बताएकी छिन् ।

रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रोज सिप विकाश केन्द्र र विलक्षण क्रियसन प्रालिद्धारा संयुक्त रुपमा आयोजित व्युटिसियन ट्यालेन्ट नेपालमा अन्य २० प्रतिस्पर्धीलाई उछिनेर सरिता व्युटिसियन ट्यालेन्ट नेपालको ताज चुम्न सफल भएकी हुन् ।

 

व्युटिसियन ट्यालेन्ट नेपालकी बेस्ट फिगर उपाधि बिजेता सुहाना अर्याल व्युटी न्युज नेपाल टिभीका लागि ब्राण्ड एम्बेस्डरमा चयन भएकी छिन् । व्युटी न्युज नेपाल टिभीका लागि गरिने विभिन्न छायाँकनका लागि सुहाना ब्राण्ड एम्बेस्डरको रुपमा मोडलिङ गर्ने छिन् । आफ्नो कार्यकालमा व्युटि न्युज नेपाल टिभीको प्रवर्धनमा पूर्ण साथ दिने सुहानाले बताएकी छिन् ।

व्युटि न्युज नेपालकी सम्पादक एवम् व्युटि न्युज नेपाल टिभीकी प्रकाशक सरिना बुढाथोकीले सरिता भारती र सुहाना अर्याललाई ब्राण्ड एम्बस्डरको उपाधि राजधानीमा एक समारोहबीच प्रदान गरेकी छिन् ।