वीरांगनाले तोक्यो प्रदर्शन तिथि


 

काठमाडौं, २ बैशाख

चलचित्र वीरांगना असार २९ मा देश भर रिलिज हुने कन्फर्म भएको छ । शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् ।

नारी प्रधान भनिएको यो चलचित्रलाई एक्शन जनरामा निर्माण गरिएको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीरांगना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रमा शिल्पा र अनुप विक्रमका साथमा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । वीरांगना वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडी कमपनीले लिएका छन् ।