करिश्माले शहीद चोकमा गरिन् भेनस मेकअप स्टुडियो उद्घाटन


चितवन, २६ चैत,

चितवन नारायणगढस्थित शहीद चोकमा भेनस ब्यूटी पार्लर एबम् मेकअप स्टुडियो सञ्चालनमा आएको छ ।

अभिनेत्री एबम् नेतृ करिश्मा मानन्धर, फेशन कोरियोग्राफर एवम् संचारकर्मी जयनसुब्बा मानन्धर र भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोका प्रबन्ध निर्देशक अन्जली क्षत्रीले यो स्टुडियोको संयुक्त उद्घाटन गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री करिश्मा मानन्धरले महिलाहरु हरेक क्षेत्रमा सक्षम बन्दै गएकोमा आफुलाई खुशी लागेको जिकिर गरिन् । अभिनेत्री करिश्माले महिलाहरु सधैँ सुन्दर देखिने प्रयत्न गर्नुपर्छ भन्दै ब्यूटी पार्लर एवम् मेकअप स्टुडिया अझै अन्तरास्ट्रिय स्तरको बन्न सक्ने विश्वास आफुले लिएको बताईन् ।

सो पार्लरका प्रबन्ध निर्देशक क्षत्रीले आगामी दिनमा पनि सौन्र्दयको पारखीहरुलाई भरपुर सेवा दिने प्रतिवद्धताका साथ आफुहरुले आधुनिक स्टुडियो सुरु गरेको जानकारी गराईन् । २०७२ सालबाट शहीद चोक, लोकमान प्लाजामा सेवा दिदैँ आएको भेनस ब्यूटी पार्लरले मिलन मार्केटबाट सेवा सुरुवात गरेको पनि उनले बताईन् ।

 

भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोको प्रबन्ध निर्देशक अन्जली क्षत्रीकै अध्यक्षतमा सम्पन्न भएको सो कार्यक्रममा कोरियोग्राफर जयन सुब्बा मानन्धरले सौन्दर्यको महत्वबारे प्रकाश पार्दै भेनसको सफलताको कामना गरिन् ।