हास्यव्यँग्य अभिनेता मदनकृष्णलाई पत्नी शोक,


काठमाडौं, २० चैत

अग्रज हाँस्यव्यँग्य अभिनेता मदनकृष्ण श्रेष्ठ (महका ‘म’)लाई पत्नी शोक परेको छ । मदनकृष्णकी श्रीमती यशोदा सुवेदीको सोमबार राती ललितपुरको हरिसिद्धीको क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

यसोदाको ६७ वर्षको उमेरमा क्यान्सका कारण सोमबार राती १०ः१५ बजे निधन भएको परिवार जनले बताएका छन् । दिवँगत यशोदाको मंगलबार बिहान पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

दिवँगत यशोदालाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार बिहान चलचित्रकर्मी, संगीतकर्मी, विभिन्न राजनीतिककर्मी, उधोगी, व्यबसायी, आफन्त तथा शुभचिन्तक आर्यघाट पुगेका थिए ।

दिवँगत यशोदा सुवेदीका दुई सन्तान छोरा यमन र छोरी सरना छन् । आधा दशक अघिदेखि क्यान्सर रोगबाट पीडित यशोदालाई आन्द्राको क्यान्सरले सुरुमा दुःख दिएको थियो । त्यसपछि फोक्सो हुँदै मेरुदण्डसम्म क्यान्सर फैलिएपछि यही रोगले उनलाई हामीबाट सदाका लागि खोसेको छ ।

 

मदनकृष्ण र यशोदाको २०३० सालमा प्रेम विवाह भएको हो । कर्मचारी सञ्चय कोषमा सेवारत रहँदा एकले अर्कालाई मन पराए पनि परिवारबाट विवाहको स्विकृत पाएनन् । सोही कारण मदनकृष्ण र यशोदाले साथीहरुलाई साक्षी राखेर भक्तपुरको सूर्यविनायक मन्दिरमा २०३० सालमा अन्तर्जातीय विवाह गरेका थिए । विवाह भएको केही हप्ता पछि परिवारको सहमतिमा आफुहरुको फेरी नेवार परम्परा अनुसार विवाह भएको मदनकृष्ण श्रेष्ठले आफ्नो पुस्तक महको ‘म’मा लेखेका छन् ।

व्युटी न्युज नेपाल परिवार यो दुःखद घडीमा दिवँगत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछ ।