नर्स सुन्दरीका थरी थरी कला


काठमाडौंं, ६ चैत

नर्सहरु सहभागी भएको प्रतियोगिता ‘मिस नेपाल पिस’का २४ प्रतियोगी सुन्दरीले आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीले नृत्य, गायन, अभिनय, चित्रकला र वतृत्व कला लगायत आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।

प्रतियोगीतामा श्रीया रिजाल, दीपा देवकोटा, रिस्मा श्रेष्ठ, आस्मा प्याकुरेल, पुष्पा तामाङ, इशा पुन, रीना थापा मगर, प्रमीसा गौतम, बाला कार्की, रुकु प्याकुरेल, खारु राइ, साजन केसी छन् । बाँकी प्रतियोगी प्रमिला पण्डित, पुनम श्रेष्ठ, करिष्मा पाण्डे, आरती बुढाथोकी, सरिता राई, अनु कुमाल, आर्जु श्रेष्ठ, जिना श्रेष्ठ, ग्रीस्मा श्रेष्ठ, मेरीना कटुवाल, सुस्मिता बोगटी, समिक्षा सापकोटा हुन् ।

नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको सौदर्य प्रतियोगीताको ट्यालेन्ट शोको निर्णायकमा अभिनेता गायक कोसिस क्षत्री, मोडल हन्ट बिजेता बिक्रम आदित्य महासेठ, डान्स कोरियोग्राफर रीना गिरी, डा. अनिमेस जोसी, नेक्स्ट मोडल्सका सिइयो रबि धमला, मिस वल्र्ड नेपाल २०१६ अस्मी श्रेष्ठ थिए ।

नसिङ पेसा गरिरहेका, अध्यायन गरिरहेका युवतीहरुको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तरदाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना गरिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतियोगीताको फाइनल आगामी १० चैतमा कठमाडौंका एउटा होटलमा आयोजना हँुदैछ । कार्यक्रममा प्रतियोगीले शिर्ष उपाधिका साथमा बिभिन्न अवसर र गिप्ट उपहारका रुपमा जित्ने आयोजक पक्षको भनाई छ ।