बन्ने भयो चलचित्र भिमसेन, कलाकारमा सबै नयाँ अनुहार


काठमाडौं, ३० फागुन

भोमान कटुवालको निर्देशनमा चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । राजधानीमा एक कार्यक्रमबीच यो चलचित्रको औिपचारिक निर्माण घोषणा गरिएको छ ।

युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ कमेडी, लभ र एक्सनप्रदान रहने निर्माणपक्षले जनाएको छ । यो चलचित्रको निर्माता कला राई रहेकी छन् ।

यो चलचित्रका मुख्य कलाकारमा सबै जसो नयाँ अनुहार छन् । जसमा संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकार छन् । बाँकी कलाकार कलाकारको छनोट भइरहेको निर्देशक कटुवालले बताए ।

चलचित्रमा राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पवन गौतमको छायाँकन, अनिल महर्जनको सम्पादन र ओम सुनुवारको सङ्गीत रहने छ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी लगायतले यो चलचित्रको मुहुर्त सर्ट सम्पन्न गरेका छन् । चैतको पहिलो हप्ताबाट छायाँकन सुरु गरिने चलचित्र भिमसेनलाई काठमाडौं आसपासका क्षेत्रमा खिचिने निर्माण पक्षले जानकारी गराएको छ ।