मल्टिप्लेक्समा रुचाइँदै गाँजा बाजा


काठमाडौं, २५ फागुन
चलचित्र गाँजा बाजा शुक्रबारबाट काठमाडौं र  मोफसलका पाँच दर्जन सिनेमा हलमा एक साथ प्रदर्शनमा आएको छ । यो चलचित्र काठमाडौंको क्यु एफ एक्समा ९ ओटा शो सहित सबै जसो मल्टिप्लेक्समा प्रदर्शन भईरहेको यसका निर्माता दीपेन्द्र रेग्मीले जानकारी गराए । उनले सिनेमाको व्यापार बारे भने,‘अहिले प्रदर्शन भएका अरु दुई ओटा नेपाली फिल्म भन्दा हामी मल्टिप्लेक्सका व्यबसायिक रुपमा माथि छौं । सिँगल थिएटरमा पनि व्यापार सन्तोषजनक छ ।’

शुक्रबारबाटै प्रदर्शनमा आएका अरु दुई नेपाली चलचित्र मँगलम् र हुर्रेसँग गाँजा बाजा जुधेको हो । आफुहरुले चलचित्र प्रदर्शनीको लागि यो मिति पहिला नै तय गरेको र अरु जुध्न आएको पनि निर्माता दीपेन्द्रले बताए । पौने दुई घन्टाको यो सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने यसका अर्का निर्माता दीपेन्द्रले दाबी गरे ।


यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्देशक गणेशदेव पाण्डेले नै गाँजा बाजाको स्कृप्ट लेखेका हुन् ।  गाँजाको नशामा फसेका युवाहरुले नशाका लागि गरेको संघर्ष र त्यसपछि भोग्नु परेको पीडामा यो चलचित्र केन्द्रित छ । आफ्नो सिनेमा हास्य प्रधान र सन्देश मुलुक भएको निर्माता गोमाले बताएकी छिन् । यो चलचित्रले अहिलेको पुस्तालाई लागू औषधको दूव्र्यसनीबाट जोगिन र दूव्र्यसनीमा परेकाहरुलाई पुनस्थापन मार्फत नयाँ जीवन दिन प्रेरित गर्ने पनि निर्माता गोमाले बताईन् ।

चलचित्र गाँजा बाजामा शुशिल सिटौला, बर्षा शिबाकोटी, अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

 

https://www.youtube.com/watch?v=K-ae-kGy-hI