छाती खोलेर कार्यक्रममा आईन अभिनेत्री अश्लेषा


काठमाडौं, २५ फागुन


चलचित्र प्रेमगीत–२ को रिलिज पछि गुमनाम अबस्थामा रहेकी अभिनेत्री अश्लेषा शाही ठाकुरी शुक्रबार बेलुका काठमाडौंको ठमेल स्थित क्यु एफ एक्स सिनेमा छायाँ सेन्टरको उद्घाटना सहभागी भईन् ।
सो कार्यक्रममा उनी सबैको आकर्षक बनेकी थिईन् । सार्वजनिक कार्यक्रममा त्यत्ति धेरै नदेखिने यी अभिनेत्री सो कार्यक्रममा छात्ति निकै खोलिएको पहिरनमा प्रस्तुत भईन् । जसका कारण सबैको नजर उनीतिर परेको थियो ।

कार्यक्रममा अरु अभिनेत्री नभएकाले उनीसँग तस्बिर खिच्नेहरु निकै देखिए । अश्लेषा आफैंले पनि अरु सेलिब्रेटीसँग तस्बिर खिचाईन् । सोही क्रममा उनले पनि सञ्चारकर्मीलाई निकै ग्लामर रुपमा विभिन्न पोज दिईन् ।


निर्माता सन्तोष सेन ठकुरीले चलचित्र प्रेमगीत–२ मा उनलाई नायिकाको रुपमा प्रस्तुत गरेका हुन् । त्यसपछि उनले अरु सिनेमा पाएकी छैनन् । प्रेमगीत–२ मा उनको अभिनय सन्तोषजनक हुन नसकेको भन्दै टिका टिप्पणी भएको थियो ।


अब भने चलचित्रमा आफु अभिनयमा परिपक्क भएर आउन लागेको यी अभिनेत्रीले खुसाला गरेकी छिन् । अश्लेषाको भनाईमा प्रेमगीत–२ रिलिज पछि उनले अभिनय, नृत्यको विशेष प्रशिक्षण लिएकी छिन् । अबको चलचित्रमा उनलाई दर्शकले अभिनयमा ससक्त रुपमा देख्न सक्ने छन् ।