ब्ल्याकको चङ्गा जस्तै…मा हिरोको यात्रा कथा


 

काठमाडौं,२५ फागुन

आगामी ११ जेठमा रिलिज गर्ने भनिएको चलचित्र ब्ल्याकको गीत चङ्गा जस्तो…लाई निर्माण पक्षले सामाजिक सञ्जाल युट्युव मार्फत दर्शकमाझ ल्याएको छ । काठमाडौंमा बिहिबार एक समारोहबीच यो गीतलाई सञ्चारकर्मी माफ सार्वजनिक गरिएको हो । गीतमा अभिनेता आकाश श्रेष्ठको काठमाडौंको उड्ल्याण्ड क्लब देखि पोखरासम्म साथीहरुसँगको यात्रालाई समेटिएको छ ।

 

 

रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका छन् ।  गीतमा प्रतिक पौडेलको स्वर, शब्द र संगीत छ । गीत मुख्यतः युवा पुस्ता लक्षित छ । लभस्टोरी जनराको चलचित्र ब्ल्याकमा  आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा प्रमुख भूमिकामा छन् ।

अभिनेता आकाशले फिल्मको कथाले मन छोएका कारण आफू आवद्ध भएको सुनाए । निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् ।

करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए ।

फिल्मको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

गीत हेर्नुहोस् :-