मिसेस मंगोल नेपाल २०२४ प्रतिभा पुलामी मगर


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

१० औं संस्करणको मिसेस मंगोल नेपाल २०२४ उपाधि गोर्खाकी प्रतिभा पुलामी मगरले प्राप्त गरेकी छिन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्धारा शनिवार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा प्रतिभालाई सो उपाधि प्रदान गरिएको हो । ताजसंगै उनले सन् २०२५ मा टोकियो जापानमा हुने इन्टरनेशनल नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड कार्यक्रममा इन्ट्रि प्याकेज समेत प्रप्त गरेकी छिन् । यस्तै मिसेस मंगोल नेपाल २०२४को फस्ट रनरअप सञ्जु मगर र सेकेन्ड रनरअपमा दिपा सिगु लिम्बु घोषित भए ।

हिमानी सुब्बाको कोरियोग्राफीमा प्रतिस्पर्धीहरुले आ–आफ्नो मौलिक नृत्यसंगै ओपनिङ नृत्य गरेका थिए । कार्यक्रममा विविध सबटाइटल अवार्डहरु समेत वितरण गरिएको थियो । जसमा सञ्जुले वेस्ट ट्यालेन्ट, दिपाले वेस्ट फोटोजेनिक, भुमा तामाङले बेस्ट ड्रेस र मोस्ट ग्रेसफुल, संगीता गुरुङ मोस्ट प्यासनेट, मोस्ट पपुलर र पब्लिक भिडियो च्वाइज, सरिता तामाङ मोस्ट इलिगेन्ट, आस्मति सामसोहाङ लिम्बु मोस्ट स्मार्ट, रत्न माया श्रेष्ठ बेस्ट डिसिप्लेन, मञ्जिला राई मोस्ट चार्मिङ, सलिना श्रेष्ठ मोस्ट डिलिजेन्ट, दुर्गा लिम्बु मोस्ट डेडिकेट, बिना राणा मगर मोस्ट कन्फिडेन्ट र जुनु तामाङ मोस्ट डिसेन्टको उपाधि पाए ।

मिसेस मंगोल नेपाल २०२४को निर्णायक मण्डलमा अभिनेता तथा चलचित्र कर्मी सिमान्त उदास, मोडल तथा अभिनेता कृष गुरुङ, ब्युटिसियन नेपाल २०२४ की बिजेता सृजना गुरुङ, मिसेस ग्लोवल नेपाल २०२४ की बिजेता सुनिता भुजेल र फेसन डिजाइन सुक्मिता चौलागाई सुनुवार रहेका थिए ।