काठमाडौं, १६ फागुन

 

चलचित्र ‘लखपति माग्ने’ निर्माण हुने भएको छ । यो चलचित्रको अहिले काठमाडौं कलाकार कार्यशाला सुरु भएको छ । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा यो चलचित्र निर्माण हुन लागेका हो ।

मुखियाले आफ्नै कार्यालय बागवजारमा यतिखेर लखपति माग्नेको कार्यशाला चलाईरहेकी छिन् । नयाँ एवं पुराना कलाकार÷प्राविधीक समेटेर लखपति माग्ने निर्माण गरिदैछ ।

 

चलचित्रमा विष्णु अर्याल, सोनीका शाही, कमलमणी नेपाल, निरु खड्का, कुमार गजुरेल, सुनील जंग रायमाझी, मोहन चाम्लीङ, अपेसा खड्का, आमकृष्ण भण्डारी, सविन कटुवाल, विष्णु कोइराला, सुरज प्रधान, जय जगदिश उपाध्याय, खिमेन्द्र जैशी, पवन केसी, किरण ढकाल, अविनाश ढकाल लगायतका कलाकार रहनेछन् ।

मोडल सोनिका शाही यही चलचित्रबाट नेपाली सिनेबृत्तमा प्रस्तुत हुँदैछिन् । नव अभिनेता विष्णु अर्याल तथा नव अभिनेत्रीका अपेसा खड्काले पनि यसै फिल्मबाट डेव्यू गर्दैछन् । चलचित्रका मुख्य कलाकार सबै नयाँ अनुहार हुन् ।

 

ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा चलचित्र लखपति माग्ने निर्माण हुँदैछ । चलचित्र छायांकार रामेश्वर हुमागाई हुनेछन् । यसमा सन्तोष श्रेष्ठ, दीपक शर्मा एवं विशाल घोषको संगीत, शान्तिप्रिय र विशाल घोषको गीत रहनेछ । चलचित्र ६ चैत्रबाट छायांकनमा जाने निर्देशक सवनम मुखियाले वताएकी छिन् ।