अनाथ बालबालिकासँग अभिनेत्री खुश्बुको जन्म उत्सब


काठमाडौँ, १५ फागुन

 

अभिनेत्री खुश्बु खड्काले काठमाडौंको धापासीमा स्थित हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रित २४ अनाथ बालबालिकाहरुसंग आफ्नो जन्म उत्सब मनाएकी छिन् । ती बालबालिकाहरुलाई खान खुवाएर र खाद्यन्न सामाग्री वितरण गरेर उनले जन्मदिन मनाएकी हुन् ।

 

साथिभाईसँग रमाइलो पार्टी भन्दा पनि अनाथ बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई छुट्टै खुशी महसुस हुने गरेको उनले बताईन ।

 

संस्थाकी सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ बालबालिकासँग अभिनेत्री खुस्बुले जन्मदिन मनाएकोमा खुसी व्यक्त गरिन् । यसैगरी आफ्नो जन्मदिन मनाउन उनले अरु सेलीब्रेटीलाई पनि अनुरोध गरिन् ।

 

 

सो कार्यक्रममा संस्थाकी अधक्ष्य बिनिता अर्यालले अभिनेत्री खुश्बु खड्का, निर्देशक एवं कलाकार निर्मल शर्मा तथा व्यबसायी प्रकाश कुमार श्रेष्ठलाई सम्मान समेत गरेकी थिइन । खुस्बुसँगै निर्मल र प्रकाशले अनाथ बालबालिकाका लागि सहयोग गर्दै आएको उनले बताईन् ।