सामुयल डाइरेक्ट शो रुम उद्घाटनमा आधा दर्जन कलाकार


 

काठमाडौ, १३ फागुन

 

खलअभिनेता प्रशान्त ताम्राकार सहित अभिनेत्री हर्षिका श्रेष्ठ, सुस्मिता बमजन, क्षितिजा शाक्य, कमली वाइवालगायतले शनिबार नयाँ बजार, खुशिबुस्थित सामुयल डाइरेक्टको शो रुमको सँयुक्त उद्घाटन गरेका छन् । ब्याबसायिक सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको यो शो रुममा बेलायतको चर्चित ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, तकिया, बेड कभरलगायतका उत्पादनहरु पाइन्छ ।

 

 

सज्जा थापाले कार्यक्रममा बोल्दै लामो समयको बेलायत बसाइमा मेमोरी फर्म र सामुयल डाइरेक्ट ब्रान्डबारे प्रचुर ज्ञान हासिल गरि नेपालमा पहिलोपटक यो ब्राण्डका उत्पादनको बिक्री सुरु गरेको जानकारी दिइन् । बजारमा पाइने मेमोरी फर्मका उत्पादनभन्दा आफूहरुले निकै कम रेटमा ब्राण्डेड सामाग्री उपलब्ध गराउने दावी उनको छ । ब्याबसायिक सज्जाले बिस्तारै देशका अन्य शहरमा पनि शो रुम बिस्तार गर्ने योजना रहेको सुनाइन् ।

 

खलअभिनेता प्रशान्तले सामुयल डाइरेक्टका प्रोडक्टहरु नेपाली बजारमा लोकप्रिय हुने बताए । उनले आफू पनि यस ब्राण्डप्रति आकर्षित छु भने । अभिनेत्री सुस्मिता बम्जनले नेपालका लागि नयाँ भए पनि सामुयल डाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपीयन बजारमा निकै चर्चित रहेको बताइन् । अभिनेत्री हर्षिका श्रेष्ठ र क्षितिजा शाक्यले पनि यी उत्पादन आफुहरुलाई मन पर्दै आएको जानकारी गराए ।