देउडा शैलीमा मिस्टर भर्जिन’को टुल्की गीत


 

काठमाडौं,१३ फागुन

 

चलचित्र ‘मिस्टर भर्जिन’को गीत टुल्की…को भिडियो आईतबार रिलिज गरिएको छ । सुदुरपश्चिमेली भाका देउडा शैलीमा तयार गरिएको यो गीतलाई सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको हो । यसको गीत एक साता अघि रिलिज गरिएको थियो ।

 

यो गीतलाई सुरज पण्डितले गाएका छन् । गीतको शब्द र संगीत पनि पण्डितकै हो । मिस्टर भर्जिनका कलाकारहरु गौरव पहारी, कमलमणि नेपाल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, श्रद्धा प्रसाई, सृजना सुब्बा, स्मृती पोख्रेल र इलियन मरान्डाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

 

 

यो चलचित्रलाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । यो चलचित्रका निर्माता खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेत हुन् । फिल्मको सह निर्मातामा सन्दिप उप्रेती छन् ।

 

जसमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर. दीपक याम सिंहको नृत्य निर्देशन, मिलन डी. काप्रीको सम्पादन रहेको छ ।

 

यस्तो छ गीतको भिडियो –

https://www.youtube.com/watch?v=5AhOoHFSbu8