आयो गाजा बाजाको रिगीपिटी…, चलचित्र २५ फागुनबाट हलमा


 

 

 

काठमाडौं, १३ फागुन

 

आगामी २५ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउन लागेको चलचित्र ‘गाँजा बाजा’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टोली प्रचार प्रसारमा जुटेको छ । यसै बीच निर्माण टोलीले यो चलचित्रको रिगीपिटी…गीतको भिडियो सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरेको छ ।

 

निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा गाजा बाजाका अभिनेताद्धय अनुपम शर्मा र शुशील सिटौलाले अभिनय गरेका छन् । उनीहरुलाई यो गीतको भिडियोमा निकै सँघर्ष गरेको देखाईएको छ ।

 

 

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । अहिलेका तन्नेरी पुस्तामा लागू औषधको लतमा यो चलचित्र केन्द्रित रहेको निर्माता दीपेन्द्रको कथन छ । सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने उनले बताए ।

 

यो चलचित्रलाई गणेशदेव पाण्डले लेखेका हुन् । चलचित्रको निर्देशन पनि पाण्डेले नै गरेका हुन् । गाजा बाजालाई चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले निर्माण अनुमति दिएका थिएनन् । पछि निर्माण टिमले सर्वोच्च अदालतमा मुद्धा जितेर यो सिनेमा निर्माण गरेको हो ।

 

यो चलचित्रमा अनुपम र शुशिलसँगै रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।

 

यस्तो बनेको छ भिडियो ः

https://www.youtube.com/watch?v=XBxf-LP8MQA