अमिताभ बच्चनको नगर अलाहबादमा निल डेभिडको नयाँ सलुन


काठमाडौं, १२ फागुन


नेपालमा एक दर्जन र भारतमा दुई दर्जन बढी सलुन चलाएका चर्चित हेयर स्टाइलिष्ट निल डेभिडको ‘निल डेभिड्स युनिसेक्स सलुन’ भारतको अलाहबादमा पनि सञ्चालनमा आएको छ ।

उनको सो फ्रेञ्चाइज ब्राण्डको भारतीय व्यापारी अजय अग्रवाल र सोमनीले बुधबार बलिउडका सुपरस्टार अमिताभ वच्चनको नगरी अलहाबादमा संयुक्तरुपमा शुभारम्भ गरेका छन् । सो फ्रेञ्जाइजी सलुन अन्तराष्ट्रिय स्तर र अत्याधुनिक शैलीको छ ।

भारतको मुम्बईको स्वस्तीका फ्रेञ्चाइजी मेनमेजन्टले निलको भारतका विभिन्न शहरमा एक सयको संख्यामा फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने गरी निलसूग सम्झौता गरेको छ । जसअनुसार गुहाटी आसाममा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आईसकेको छ ।

अब चाँडै नयाँ दिल्ली, अजमगढ, वाराणासी र लखनउमा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आउने तयारी भईरहेको निलले जानकारी गराएका छन् । निलले आगामी १३ मार्चमा सिलगुढीमा निल डेभिड्स स्टाइलो सलुनसमेत सञ्चालनमा ल्याउने बताएका छन् ।

 

‘पहिले आपैmँ दिल्ली, थाइल्याण्ड, लण्डन र सिंगापुरमा ३ वर्ष लगाएर हेयर स्टाइल र मेकअप आर्टिष्टको कोर्ष पढी अन्तराष्ट्रिय डिग्री लिएँ ।’ निलले भने,‘यही अध्ययन मेरो बलियो आधार बन्न पुग्यो र आज झापा लक्ष्मीपुरको यो युवा भारतसम्म आप्mनो फ्रेञ्चाइजी सलुन र शाखा सलुन सञ्चालनमा ल्याउन सफल भएको छ ।’