सरुले जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हब खोलिन, पूजाले गरिन् उद्घाटन्


ब्युटी न्युज नेपाल
काठमाडौं २९ बैशाख

ब्युटिसियन तथा मेकअप आर्टिष्ट सरु श्रेष्ठले ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हब सञ्चालन गरेकी छिन् । उनको यो सलुनको अभिनेत्री पूजा शर्माले आज रिबन काटेर उद्घाटन गरेकी छिन् । सरु १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा छिन् । उनको यो जावलाखेलको शाखा तेस्रो शाखा हो ।

यस ब्युटी हबकी सञ्चालिका सरु श्रेष्ठका अनुसार हबमा वेलेस, स्पा र बाथका सुविधा छन् । हबले पीएमयू, स्किन केयर र हेयर कट एण्ड केयरमा एडभान्स र स्पेसल तालिम पनि दिने उनले बताइन्,‘ब्युटीसँग सम्बन्धित सबै सुविधाहरु एकै ठाउँमा सुरु गर्न लागेका हौं । जसरी भाटभटेनीमा जाँदा सबै कुराहरु पाइन्छ, त्यसरी नै सौन्दर्यसँग सम्बन्धित सबै सुविधाहरु दिनका लागि यो हब सञ्चालनमा ल्याएका हौं’, उनले भनिन् । उद्घाटनको अबसर पारेर केही दिनको लागि यो ब्युटी हलमा विभिन्न सेवामा छुट दिईएको पनि सरुले बताईन् ।

उद्घाटन समारोहमा बोल्दै अभिनेत्री पुजा शर्माले आफ्नो जक्सन जाउलाखेलमा सुविधा सम्पन्न सलुन स्थापना भएकोमा खुसी व्यक्त गरेकी छिन्,‘सुरुवाती दिन आफ्ना लागि ठूलो समय जस्तो लाग्छ । त्यो समयभन्दा ठूलो समय अरु केही लाग्दैन । मेरो घर कुसुन्ती हो । कुसुन्तीबाट जावलाखेल भनेको मेरो जन्म भएदेखिको ठाउँ हो । मेरो जीवन नै जावलाखेलमा नै बिताइयो’, पुजाले भनिन्,‘अझ जावलाखेलमा नै यो हब खुलेकाले मैले नयाँ घर पाएँ जस्तो लागेको छ । मलाई माया गर्ने सबै जनालाई यो हबमा आइदिन आग्रह गर्छु । महिलाहरुका लागि सेफ जोन जस्तै देखेकी छु ।’