ऐश्वर्या राय बच्चनको सुन्दरताको रहस्य


मुम्बई । एजेन्सी – उमेरले ४४ वर्ष पुगेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक सन्तानकी आमा हुन् । तर उनी अहिले पनि २५ वर्षीया युवती जस्तै सुन्दर देखिन्छिन् । उनको सुन्दरतामा अझै उस्तै चमक छ ।


सन १९९४ मा मिस वल्र्डको उपाधि जितेकी ऐश्वर्या मिस वल्र्डहरुमा पनि सर्वाधिक सुन्दरी मध्यकी पर्छिन । निलो आँखा र सुन्दर मुहारकी धनी यी अभिनेत्रीले आफ्नो सुन्दरतालाई सँधै जोगाई राख्न त्यत्तिकै मेहनत गर्छिन ।

आफ्नो मुहारलाई सुन्दर राख्न दैनिक तीन पटक भन्दा बढी मुख धुने गरेको उनले बताएकी छिन् । यस्तै सुत्ने बेलामा मोस्चराईजरको प्रयोग नियमित गर्दै आएको ऐश्वर्याको कथन छ । मुहारको छालालाई मोलायम तुल्याईरहन आफुले ‘कुकुम्बर फेस मास्क’ को प्रयोग नियमित गर्दै आएको पनि यी अभिनेत्रीले बताएकी छिन् । उनी प्राकृतिक सौन्दर्य प्रशोधन सामग्रीलाई प्रयोग गर्न बढी रुचाउँछिन् ।

ऐश्वर्या रायले आफ्नो सुन्दरता र स्वास्थ्यका लागि खानपिनमा पनि त्यत्तिकै ध्यान दिने गरेकी छिन् । उनी धुमपान गर्दिनन् । मधपान पनि त्यति गर्दिनन् । तेलमा तारेका खानेकुरा, जँग फुड, प्याकेटमा आउने तयारी खानेकुरा उनले खाँदिनन् ।

सँधै जाता खाना खाने, फुलफुल खान रुचाउने, व्वाईल गरेको खाना प्राय उनले खाने गर्छिन । उनको खानाको आफ्नै प्रकारको रुटिन रहेको छ । आफुले व्वाईल गरेको भेजसँगै खानामा थोरै ब्राउन राईस लिने गरेको उनले बताएकी छिन् । उनी कहिले काही ब्रत पनि बस्छिन् ।

आफु सुन्दर हुनुमा पानीको त्यत्तिकै ठुलो महत्व रहने गरेको यी अभिनेत्रीले बताएकी छिन् । ऐश्वर्याको भनाईमा उनी पानी बढी पिउँछिन् । पानीसँगै फलफुलको जुस पनि त्यत्तिकै पिउँछिन् । शरीरमा पानीको मात्र राम्रो हुँदा यसले छालासँगै शरीरलाई पनि सुन्दर र स्वास्थ्य बनाउने कथन अभिनेत्री ऐश्वर्याको छ । उनी नियमित रुपमा बिहान व्यायाम गर्छिन । यसरी नियमित आहार विहार र व्यायामले यी अभिनेत्रीलाई अहिले पनि त्यत्तिकै सुन्दर बनाएको हो ।