नेता देखि सेलीब्रेटीसम्मले कान्छीलाई रुचाए


काठमाडौं, ८ फागुन

चलचित्र कान्छीको ‘सेलिव्रेटी रेड कार्पेट शो’मा यो चलचित्रलाई विभिन्न नेता, व्यबसायी, उद्योगी, समाजसेवी देखि चलचित्रकर्मीसम्मले हेरेका छन् । आइतबार बेलुका कुमारी हलमा आयोजित सेलिब्रेटी प्रदर्शनीमा कान्छीलाई मनदकृष्ण श्रेष्ठ, हरिबँश आचार्य (मह जोडी), माओवादी केन्द्रका नेता एवं पुर्व सञ्चार मन्त्री अग्नि सापकोटालगायतले हेरे ।

कान्छी निकै राम्रो र समसामयिक सिनेमा बनेको नेता सापकोटाले बताए । फिल्मको कथावस्तु र अभिनय राम्रो भएको प्रतिक्रिया उनले दिए ।

 


अग्रज कलाकार हरिबँश आचार्यले कान्छीले आफ्नो मन छोएको बताए । यो चलचित्र कलाकारको अभिनय, गीत संगीत, निर्देशकीय र छायाँकनपक्ष सबै राम्रो भएको अग्रज अभिनेता हरिबँशको कथन थियो । अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठले सिनेमामा पुराना धारलाई नयाँ स्वादमा प्रस्तुत गरिएको बताए ।

 

निर्देशक एवं हास्य अभिनेत्री दिपाश्री निरौलाले श्वेता खड्काको कान्छी मार्फत चलचित्रमा आगमन सुखद रखेको बताईन् । श्वेताको कामले आफु भावुक भएको उनले जिकिर गरिन् ।

 

 

दर्शकले आफ्नो चलचित्रलाई अपार मायाँ गरेकोमा यसको निर्माता एवं अभिनेत्री श्वेता खड्काले खुसी व्यक्त गरेकी छिन् । निर्देशक आकाश अधिकारीले पनि कान्छीको व्यापार देशव्यापी रुपमै सुखद भएको र हलमा शोहरु थपिएको बताएका छन् ।

आकाश अधिकारी निर्देशित चलचित्र कान्छीमा श्वेता खड्का दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ सहितको अभिनय छ ।