होली कार्यक्रममा धिरज राईले प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ चैत

यो वर्षको फागु पूर्णिमाको अबसर पारेर जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा होली विशेष कार्यक्रम आयोजना गरेको छ । हिजो आइतबार होलीको दिन सो कार्यक्रम आयोजना गरिएको हो । काठमाडौँस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा पप गायक धिरज राईले सांगीतिक माहौल तताएका थिए ।

एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राइले सांगीतिक प्रस्तुती दिँदा होलीको रंगमा रंगिएका युवा युवतीहरु जुरुक् जुरुक भएका थिए । उनले सो कार्यक्रममा जाँदै छु टाढा, सोल ढोले सोल, लुकी लुकी, जाउ जाउ समाउ, हिमाल नझुकेसम्म जस्ता गीतहरु प्रस्तुत गरेका थिए । गायक राई पछिल्लो समय भने बुद्ध वाज बर्न इन नेपाल अभियान चलाउँदै विश्व यात्रामा छन् ।

कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् भने जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै गायक राई र ब्राण्ड एम्बेस्डर अधिकारीलाई मायाको चिनो प्रदान गरे ।