तीन प्रदेश प्रमुखको पद खोसियो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० फागुन

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।

यसरी प्रदेश प्रमुख पद मुक्त भएकाहरुमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी रहेका छन् । आजैको मितिबाट तिनै जनालाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।