मोडलिङमा छाउँदै सरिना थिङ



काठमाडौं, ७ फागुन
स्वयम्भु, काठमाडौंकी सरिना थिङ मोडलिङमा स्थापित हुँदैछिन् । भर्खरै मात्र प्लस टु सकेकी १९ बर्षीया सरिना डान्स गर्न पाए पछि सबै कुरा बिर्सिन्छु भन्छिन् ।

भविष्यमा नेपालकै उत्कृष्ट एवं प्रोफेशनल मोडेल बन्ने सोच लिएकी उनले सोही अनुरुप मोडलिङबारे व्यवसायिक प्रशिक्षण लिएर मोडलिङ क्षेत्रमा पाईला राखेकी हुन् । सरिनाले आधा दर्जन र्याम्प शोमा मोडेलको रुपमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

उनीसँग दुइ ओटा फेशन शुटको अनुभव पनि छ । आफ्नो परिवार सँगनया नयाँ ठाउमा घुम्न जाने, शपिङमा रमाउने उनी खानाकी प्रेमी पनि हुन् । सरिनालाई चिकन, पिज्जा र सी मो मो खबै मन पर्छ । मोडलिङसँगै डान्समा पनि केही गर्ने सोच बनाएकी उनले स्कुल देखि कलेजसम्म हरेक कार्यक्रममा नृत्य गरेकी छिन् । केही वर्ष नृत्य प्रशिक्षण समेत लिएकी सरिना घरपरिवारको साथ पाएकोले नै यस क्षेत्रमा अघि बढ्ने प्रोत्साहन मिलेको बताउँछिन् ।

भखरै मात्र राजधानी बाहिर पोखराको र्याम्प शोमा सहभागी भएर फर्केकी उनी राजधानी बाहिर पहिलोपल्ट सहभागि भएको र धेरै मानिसहरु अगाडी आफु रन्वे मोडेलको रुपमा प्रस्तुत हुन पाउँदा अझ आत्म विश्वास बढेको बताउँछिन् । र्याम्प शोमा दर्शकसँग प्रत्यक्ष प्रस्तुत हुन पाउने भएकाले म्युजिक भिडियो भन्दा फेशन शो आफुलाई मन परेको उनले बताईन् । त्यसैले र्यम्प शो र फेशन सुटलाई निरन्तरता दिने पनि उनले बताईन् ।

 

मोडेल–सरिना थिंग

मोडेल स्रोत–दि रेम्प ,अनामनगर

स्टाइलिश एवं प्रस्तुति–जयन सुब्बा मानन्धर

मेकअप र हेयर–लेशेश मेकअप स्टुडियो

वार्डरोब–फेशन फ्लो,दरबारमार्ग

तस्बिर–कुबेर तामाङ