रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले मानव सेवा गर्दै मनायो १६ औं बार्षिकोत्सव


ब्युटी न्युज नेपाल
काठमाडौं, १० पुस

नेपालका अत्याधुनिक सुविधा सम्पन्न पुरानो फेसियल हाउसको रुपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ अनाथ असाहायहरुलाई सहयोग गर्दै आफ्नो १६ औं बार्षिकोत्सब मँगलबार मनाएको छ ।

रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औ बार्षिकोत्सब पौष १० गते काठमाडौँको गोंगबू टाउन प्लानिङ अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद्धा असक्त आमाहरु र अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएको छ । सो क्रममा त्यहाँ रहेका व्यक्तिहरुका लागि विभिन्न खाद्य सामग्री प्रदान गरेको छ ।

आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा प्रतक्ष्य असर पारिरहेको कारण पनि यसटक बिगतको जस्तो औपचारिक कार्यक्रम गर्नु भन्दा सामाजिक कार्य गरेर वार्षिक उत्सब मनाएको ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’का सँरक्षक प्रकाश कुमार श्रेष्ठले बताए,‘यतिबेला दिदी बित्नु भएका हामी शौकमा रहेका पनि मानव सेवामा पुगेर सामाजिक कार्यसहित वार्षिक उत्सब मनाएका हौं ।’

सो कार्यक्रममा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै हाल ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र हजारौंलाई शिपमुलक तालिम दिईएको संरक्षक प्रकाश कुमार श्रेष्ठले बताए,‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य बनेको छ । जहाँ दक्ष अनुभवी सौन्दर्यकर्मीहरुबाट सेवा लिन पाउनेछन् ।’ उनले अगाडि थपे,‘रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदैं आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।’

अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर बिगत १६ बर्ष अघि स्थापित भएको हो । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौँ मल सुन्धराको पहिलो र चौंथो तल्ला पसल नं –११८ र ४०१, बिजी मल, गोंगबू चौंथोतल्ला र बुद्धमल बालाजुको पहिलो तल्ला सहित चारवटा शाखाहरु रहेको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले जानकारी गराईन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले सो कार्यक्रममा बताईन् ।