Photo by Kamal Shrestha

काठमाडौं, १ फागुन
भक्तपुरकी २२ बर्षीय प्रगती अधिकरीले सानै देखि ग्लेमर क्षेत्रमा केही गर्ने सोचलाई अहिले साकार तुल्याएकी छिन् । उनी नर्सिङकी बिधार्थी हुन् । तर आफ्नो परिचय मोडलको रुपमा स्थापित गरेकी छिन् ।
सदैव सकारात्मक सोचमा मान्यता राख्ने प्रगती भविष्यको लक्ष्य भनेको चलचित्रको नायिका बन्नु हो । त्यसै अनुरुप उनले आफुलाई ग्रुमिङ गरिरहेकी छिन् । ब्वाईफ्रेण्ड बनाउनु भन्दा आफ्नो करियरलाई प्राथमिकता दिने उनी ग्लामर फिल्डमा आफ्नो नाम बाट चिनिन चाहन्छिन् ।
आकर्षक अनुहार, ५ फिट ६ इन्च उचाई रहेकी प्रगतिले गत वर्षमात्र आफ्नो नर्सिङको अध्ययन पुरा गरि ग्लेमर क्षेत्रमा प्रवेश गरेकी हुन् । मोड्लिंग प्रगतिको पहिलो च्वाइस हो । रनवे क्रेजी उनले ‘दि रेम्प’बाट मोडलिङ प्रशिक्षण लिएकी थिईन् ।
आधा दर्जन रेम्प शो, तीन वटा फेशन शुट एवं नेपाल पश्मिनाको क्याटलगमा मोडेलको रुपमा प्रगति प्रस्तुत भईसकेकी छिन् । उनले कम समयमा नै मोडेलिङमा आफुलाई दक्ष तुल्याएकी छिन् । प्रगतिले म्युजिक भिडियोमा पनि मोडलिङ गर्दैछिन् ।
फुर्सदको समयमा साथीहरु सँग फ्लिम हेर्न जान रुचाउने उनी फेशन गर्न पनि त्यतिकै खप्पिस छिन् । मःमः एवं सिजलर प्रगतिको सबैभन्दा मनपर्ने खाना हो । चलेको फेशन उनलाई फलो गर्नै पर्छ । लगाउने पहिरनहरुमा नै प्रगति पैसा बढी खर्च गर्छिन् । त्यो बाहेक उनलाई अभिनय र नृत्यमा पनि त्यतिकै रुची छ ।

Photo by Kamal Shrestha

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मोडल–प्रगति अधिकारी
स्टाइलिश एवं प्रस्तुति–जयन सुब्बा मानन्धर
मेकअप र हेयर–सिर्जना कार्की
वार्डरोब–फेशन फ्लो रलेडी डे बुटिक
तस्बिर–कमल श्रेष्ठ