रमेश र सुमीको भ्यालेन्टाईन मुड


काठमाडौं । २९ माघ
रमेश अधिकारी र सुमी बानियाँ उदयमान मोडल हुन् । यी दुैब एक वर्ष यताबाट मोडलिङमा क्रियाशिल छन् । रमेश म्युजिक भिडियोका मोडल हुन भने सुमी ¥याम्प मोडलिङ गर्छिन् ।


यस पटकको भ्यालेन्टाईनका लागि यी दुई मोडल यसरी प्रस्तुत भएका छन् । नजिकिँदै गरेको प्रणय दिवसलाई लक्षित गरेर यी जोडी मोडलिङमा प्रेममय देखिएका छन् । उनीहरुको प्रेमिल क्षणलाई अग्रज फोटोग्राफर शिबलाल श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् ।
निजगढ बाराका रमेशले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । उनले अभिनय गरेको मध्य चलेको भिडियो मध्य सुगम पोखरेलको जे जे भन्दौ तिमी मलाई…, सुवास गहतराजको मनको आवाज…, विशाल राज राईको सोल्टिनीको गालैमा…, अतिस लामाको दशैं तिहार आयो… आदि हुन् ।

व्याचरलमा पढ्दै गरेका रमेश मोडलिङमै करिअर बनाउन चाहन्छन् । नजिकिँदै गरेको भ्यालेन्टाईन डेमा प्रेमिका नभएका कारण उनी प्रमिल हुन सक्दिन भन्छन् । तैपनि साथीहरु घुमघाम गरेर भ्यालेन्टाईन मनाउने योजना उनले सुनाए ।


यस्तै हेटौंडाकी सुमी बानियाँले पनि केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । ¥याम्प र भिडियो दुबैमा मोडलिङ गरेकी सुमीलाई पनि मन पराउने धेरै छन् । तर उनी अहिले लभ भन्दा पनि करिअर प्रति बढी केन्द्रित छिन् । उनले पनि यस पटकको भ्यालेन्टाईन साथीहरुसँग गेट टुगेदर गरेर मनाउने योजना सुनाईन् ।
तस्विर ः शिबलाल श्रेष्ठ, तस्विर स्टुडियो, पुतली सडक ।