मिसेस नेपाल वल्र्ड दीक्षालाई ईलेक्ट्रिक स्कुटर हस्तान्तरण


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

मिसेस नेपाल वल्र्डकी बिजेता दीक्षा केसीले ताजसँगै इलेक्ट्रीक स्कुटर समेत जितेकी थिईन । लतिलपुरमा एक समारोहबीच उनलाई रातो रँगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।

मिसेस नेपाल वल्र्डको आयोजना रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले गर्दै आएको छ । मिसेस नेपाल वल्र्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वल्र्डका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झा, एस वे कम्पनीकी गृष्मा शाक्य तुलाधरलगायतले ललितपुरमा एक समारोहबीच दिक्षालाई सो स्कुटर हस्तान्तरण गरेका हुन् ।

गत वर्ष सम्पन्न मिसेस नेपाल वल्र्डको फाईनलमा दीक्षाले उपाधिसँगै अमेरिकामा आयोजना हुने मिसेस वल्र्डमा नेपालका तर्फबाट प्रतिनित्व गर्दै सहभागी हुने अबसर, इलेक्ट्रिक स्कुटर, पोखराको टुर प्याकेज हाँसिल गरेकी थिईन् । सोही पुरस्कार स्वरुप आफुहरुले इलेक्ट्रिक स्कुटर प्रदान गरेको मिसेस नेपाल वल्र्डका आयोजक निशुकान्त झाले कार्यक्रममा बताए ।

दीक्षाले सो स्कुटर ग्रहण गर्दै आफुसँग अरु स्कुटर भए पनि इलेक्ट्रिक स्कुटर नभएका कारण यो स्कुटर महत्वपूर्ण हुने बताईन् । हालै मात्र मिसेस नेपाल वल्र्डको तर्फबाट आफुले अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेर आएको पनि उनले जानकारी गराईन् । मिसेस वल्र्डको स्टेजमा आफुले नेपालको कला संस्कृति प्रस्तुत गरेर नेपाललाई चिनाएको पनि उनले जनाईन् ।

यतिबेला आफुहरु मिसेस नेपाल वल्र्ड २०२३ को तयारीमा जुटेको सो पेजेन्टका कोरियोग्राफर अश्विनी कान्त झाले बताए । अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा दीक्षाले आफ्नो प्रस्तुति राम्रो दिएको र अब हुने मिसेस नेपाल वल्र्ड बिजेताले दीक्षाबाट धेरै अनुभवहरु सिक्न सक्ने विश्वास व्यक्त गरे ।