स्वयम्भुमा खुल्यो जुम ब्युटी एकेडेमी, केकी र सन्दीपद्धारा उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौंँ, १० असार

जुम ब्यूटी एकेडेमीको नयाँ शाखा स्वयम्भुमा नायिका केकी अधिकारी र हास्य अभिनेता सन्दीप क्षेत्रीले उद्घाटन गरेका छन् । यी दुईले सानो भ¥याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

कुपनडोल मा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीको यो ११ औं शाखा हो । नायिका केकी अधिकारी, सन्दीप क्षेत्री, डा. नवल पजियार र  निर्माता समिर खानले रिवन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सन्दिप क्षेत्री, केकी अधिकारी, डा. नवल पजियार र समिर खानलाई कदरपत्र प्रदान गरिएको थियो ।