मिस नेपाल पिसको खोजी सुरु


काठमाडौं – स्वास्थय परिचारिका (नर्स)लाई लक्षित गरेर ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक चयन सुरु गरिएको छ । राजधानीको पुतलिसडकमा आइतबार आयोजित प्रारम्भिक चयनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता थिए । जसबाट केही चयन भएका छन् । तथापि अडिसन अझ दुइ साता सम्म चल्नेछ । अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

पहिलो अडिसनमा अस्मी श्रेष्ठ (मिस नेपाल २०१६), रोजीन शाक्य (कोरियोग्राफर), डा. सुजिता हिराचन्द, सनम थापा मगर (मिस नेपाल पिस २०७३), डा. लोचन कार्की निर्णायक थिए ।
आयोजकका अनुसार यो प्रतियोगीताको विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।
नसिङ पेसा रहेका, अध्यायन गरिरहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रतियोगीतामा शिर्ष सहित आधा दर्जन बिभिन्न शिर्षकका बिजेता छानिने छन् ।

???