तेश्रो सूर्य इन्टरनेशनल अवार्डको घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ फागुन

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको हो । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने सो संस्थाले जनाएको छ ।

कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने सुर्य कर्पोरेशनका सिईओ बासुदेव लामिछानेले बताएका छन् ।

आयोजक सस्थाका अध्यक्ष बासुदेव लामिछनेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्द्वन गर्नेले उदेश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरु गर्दै आएको बताएका छन् । झन्डै ६ दर्जन कलाकारहरुसहित जापनमा नोमिनेशन कार्यक्रमको तयारी शुरु हुने पनि लामिछनेले बताए ।

फिल्म तर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समाबेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गीतका गायक र गायिका गरी ६ वटा विधा समाबेश छ ।

अवार्ड समारोहमा लाईफ टाईम एचिभमेन्ट अवार्ड, बर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारीता पुरस्कार पनि बितरण गरिनेछ । यसै बर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै फिल्मको संगीत तर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएका ब्यक्तिहरुको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।