ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

परिवर्तन ईभेन्ट हाउस प्रालिको आयोजनामा काठमाडौंमा सम्पन्न नवौं डिएस्ए स्टार २०२३ मा मिनी डन्सिङ स्टारको उपाधि युना सिंह ठकुरीले जितेकी छिन् । सो प्रतियोगितामा जुनियर डन्सिङ स्टारको उपाधि समीक्षा मोक्तानले हाँसिल गरेकी छिन् ।

सोही प्रतियोगितामा जुनियर डन्सिङ स्टारतर्फ नै फस्ट रनरअपको उपाधि रेचल बुढाथोकीले, सेकेण्ड रनर अपको उपाधि आर्यश थापामगरले, थर्ड रनरअपको उपाधि साहाया कार्कीले, फोर्थ रनर अपको उपाधि राजभी अर्यालले, फिप्थ रनरअपको उपाधि तेजस्भी पन्त र सिक्स्थ रनरअपको उपाधि बर्षा अधिकारीले हाँसिल गरेका छ ।

यस्तै प्री–टीन डन्सिङ स्टारको उपाधि प्रिन्सु रेग्मीले जितेकी छिन् । यसैगरी यही प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि एञ्जल तामाङले, सेकेण्ड रनरअपको उपाधि खुशी सिंह ठकुरीले, थर्ड रनरअपको उपाधि पिया खनालले, फोर्थ रनरअपको उपाधि दिया लामाले र फिप्थ रनरअपको उपाधि अँशु खड्काले जितेका छन् ।

सोही प्रतियोगितामा सिँगिङ स्टारको उपाधि एन्जलबाबु कटेलले हाँसिल गरेका छन भने फस्ट रनरअपको उपाधि इप्सित पन्तले हाँसिल गरे । यस्तै एक्टिङ स्टारको उपाधि रोमिया सुनुवारले फस्ट रनरअपको उपाधि प्रशान्त चन्द ठकुरीले हाँसिल गरे ।

यी बिजेताहरुलाई स्पेनमाहुने अन्तरराष्ट्रिय प्रतियोगीता नेपालकोतर्फबाट प्रतिनिधित्व गराइने आयोजक राज बराइलीले कार्यक्रममा जानकारी गराए । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको ग्रान्ड फिनाले कार्यक्रममा गायक आनन्द कार्कीले बिजेतालाई अवार्ड प्रदान गरे ।

कार्यक्रममा गायक आनन्द कार्कीलाई सम्मान समेत गरियो । सो प्रतियोगिताको निर्णायकमा मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा, नेपालको पहिलो नेपाल सिँगिङ सुपर स्टार राजेश राई, बाबा एजुकेश कनसल्टेन्सीका महप्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल यकाडेमीको प्रिन्सिपल सुमन नगरकोटी थिए ।

इभेन्ट हाउसकी सिईओ सोनिया जिआरले कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरणबन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने विश्वास आफुहरुले लिएको बताईन् । कार्यक्रमका संयोजक राज बाराईलीले सो प्रतियोगिताकोबारे प्रकाश पार्दै कार्यक्रमलाई सञ्चान गरेका थिए ।