यसरी हटाउने आँखाको डार्क सर्कल


– इन्दु आचार्य

शरीरको महत्वपूर्ण अँग आँखा हो । मुहारको सुन्दरतामा आँखाको आफ्नै महत्व हुन्छ । सँसार देख्ने आँखाबाटै प्रेम पर्ने, मायाँ बस्ने गर्छ भनिन्छ । आँखाको सुन्दरतामाथि कविता, गीत जस्ता विविध साहित्य सृजना गरिनुले पनि यसको महत्व कति रहेछ भन्ने बुझाउँछ । हामीले जती आँखालाई हेरचाह तथा स्याहार सुसार गर्छौं, आँखा त्यत्ति नै सुन्दर र स्वस्थ्य रहन्छ । अत्याधिक श्रम, चिन्ता, तनाव, अनिन्द्रा, वातावरणीय प्रभाव आदिले आँखामा असर पर्नुका साथै यसको सुन्दतालाई समेत घटाउँछ । यस्ता विभिन्न कारणले आँखाको वरपर कालो घेरा, दाग (डार्क सर्कल) बस्ने, आँखाको मुनीको छाला झोलिने जस्ता समस्याबाट धेरै पीडित रहने गरेका छन् । यहाँ आँखा वरपरको कालो घेरा (डार्क सर्कल) मेटाउने र आँखाको वरपरको भाग सुन्दर बनाउने उपाए उल्लेख गरिएको छ


आबस्यक सामग्री
– क्लिजिनर क्रिम
– ह्वाइटनिङ सिरम
– रिमुभर
– गुलाब जल
– नरसिंह क्रिम
– भिटामिन ‘ए’ जेल
– कपास
– डार्क सर्कल क्लिन (अण्डर आई) क्रिम

आँखा वरपरको कालो घेरो (डार्क सर्कल) घटाउने तरिका
– क्लिजिनर क्रिमले आँखा र यसको वरपर हलुकासँग मालिस गर्दै यो क्रिमले आँखा वरपर बिस्तारै सफा गर्ने ।
– यदी अक्सिजन मास्क छ भने आँखा ढाक्ने गरी सो मास्क एकछिन लगाउने र दुई मिनट पछि आँखा सफा गर्ने ।
– यदि अक्सिजन मास्क छैन भने नरसिंह क्रिममा त्यतिकै मात्रामा भिटामिन ‘ए’ जेल मिसाएर लगाउने र आँखा वरपर कलो घरा भएको ठाउँमा करिब १० मिनट हलुकासँग मालिस गर्ने ।
– अब आँखाको वरपर कालो घेरा भएको ठाउँमा ह्वाईट्निङ सिरम लगाउने । गुलाब जलमा भिजाएको कपासले आँखा चिम्लिएको आँखा र त्यसको वरपर ढाक्ने गरी छोप्ने ।
– यसरी गुलाब जल युक्त कपासले छोपेको १० मिनट पछि सो किपास हटाउने ।
– अब त्यहाँ रिमुभर मास्कले ह्वाईटनिङ सिरम तथा तथा गुलाब जल लगाएको ठाउँमा रिमुभ गर्ने ।
– अब फेरी आँखा वरपरको कालो घेरामा ह्वाईटनर सिरम लगाउने ।
– ह्वाईटनर सिरम लगाएको तीन मिनट पछि त्यसैमाथि आईप्याक लगाउने र २० मिनट पछि अब सफा गर्ने ।
– यो प्रकृया हरेक १५ दिनमा एक पटक गर्दा आँखाको वरपर रहेको कालो घेरा, धव्बा बिस्तारै हराउँदै जान्छ ।

आँखा वरपरको कालो घेरा मेट्ने घरेलु उपाए
– काँक्रो र आलुको रस बराबर मात्रामा मिसाएर आँखाको वरीपरी कालो दाग भएको ठाउँमा लगाई १५ मिनेट पछि सफा पानीले पखाल्ने । यो प्रकृया हप्तामा दुई पटक वा आबस्यकता अनुसार गर्दा आँखा वरपरको कालो घेरा हराएर जान्छ ।
– आँखाको वरपरको कालो घेरा भएको ठाउँमा दैनिक रुपमा काँक्रोका रस लगाउँदै जाने हो भने दाग बिस्तारै कम हुँदै जान्छ । अझ काँक्रोको रसमा गुलाब लज समान मात्रामा मिसाएर लगाउँदा कलो घेरा कम हुँदै जान्छ ।
– बदाम युक्त ‘अण्डर आई क्रिम’ आँखाको वरपरको कालो घेरा भएको ठाउँमा लगाएर औलाले पाँच मिनेटसम्म मालिस गर्ने । यो क्रम दैनिक गरेमा कालो घेरा मेटिएर बिस्तारौ सो ठाउँमा गोरोपना छाउँदै जान्छ ।
– बजारमा पाईने अण्डर आई क्रिममा समुन्द्री झार मिश्रित गरिएको हुन्छ । सोही कारण यस्ता क्रिममा भिटामिट ए, बी, सी, डी, इ पाईन्छ । यस्तो क्रिमलाई छालाले सजिलै सोस्छ । जसका कारण आँखाका वरपरको कालो घेरा मेटिनुका साथै त्यहाँको छाला पनि कसिलो हुँदै जान्छ र चाउरी पना घट्छ ।
– आँखाको कालो घेरा भएको ठाउँमा बदामको तेलले मालिस गर्दा दाग कम हुँदै जानुका साथै आँखामा आउने चाउरीपन कम हुन्छ ।

सबधानी
– चर्को घाम, धुलो आदिमा हिड्दा सितल चस्मा ‘सन ग्लास’ लगाउने । यसो गर्दा आँखा सुरक्षित रहन्छ ।
– प्राय राती अबेलासम्म काम गर्ने र कम सुत्ने जस्ता बानीले आँखाको वरपर कालो घेरा बस्छ । साथै आँखा मुनीको लोती झुन्निन्छ ।
– त्यसैले समयमा सुत्ने । निन्द्रा पु¥याउने । आँखालाई बिश्रम दिने । आँखा चिम्लेर ध्यान गर्ने । यसो गर्दा पन आँखा स्वास्थ्य हुनुका साथै आँखा वरपर कालो घेरा बढ्ने क्रम रोकिन्छ ।
– आँखामो कुनै पनि समस्या देखिएमा तत्काल आँखाको चिकित्सकलाई देखाउने । चिकित्सकका सल्लाह बमोजिम चिकित्सकले लेखिदिएको औषधी मात्र आँखा भित्र हाल्ने ।