काठमाडौं । अभिनेता सौगात मल्ल पछिल्लो एक वर्ष देखि अभिनेत्री सृष्टी श्रेष्ठसँग प्रेम सम्बन्धमा छन् । यी दुई बीचको प्रगाढ प्रेम र समय समयमा हुने मनमुटाबको समाचार पनि बेला बेलामा नआएका होईनन् ।


अब यी जोडी फिल्ममा पनि सँगै आउने योजनामा छन् । अभिनेता सौगात मल्लले चलचित्र पञ्चेबाजाको पत्रकार भेटघाटको क्रममा व्युटी न्युज नेपालका तर्फबाट सोधिएको सृष्टी र तपाईलाई कहिले चलचित्रमा सँगै देख्न पाईन्छ भन्ने जिज्ञासामा राम्रो स्क्रिप्ट र टिमसँग आफुहरु जोडी बनेर आउने सौगातले बताए ।

सृष्टी र आफुलाईसँगै काम गर्न धेरै निर्माताहरुले प्रस्ताव गरे पनि राम्रो स्क्रिप्ट नपाएकै कारण आफुसँगै फिल्ममा नआएको पनि उनले बताए । राम्रो स्क्रिप्ट र राम्रो टिमसँग मात्र सँगै काम गरेर चलचित्रमा प्रस्तुत हुने सल्लाह सृष्टी र आफुबीच भएको पनि सौगातले बताएका छन् ।

फिल्ममा काम गर्दा आफुले कहिल्यै पनि यो नाटक चाहिन्छ भनेर माग नगरेको र सष्टीसँग फिल्ममा जोडी भएर प्रस्तुत हुन प्रस्ताव आउँदा खुसी लागेको पनि सौगातले बताएका छन् । उनको भनाईमा राम्रो स्क्रिप्ट र टिम पाएमा यी जोडी जाँडै सँगै चलचित्रमा प्रस्तुत हुन चाहन्छन् ।