ब्युटिसियन रिना अवालेद्धारा ४० जना महिलालाई ४५ दिनको नि:शुल्क व्युटी प्रशिक्षण


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुष

लागू औषधको दुव्र्यसिनमा फसेर हाल उपचार गराईरहेका करिब ४० जना युवती तथा महिलाहरुलाई ब्युटिसियन रिना अवालेले आफ्नो श्रोत र साधनबाट यतिबेला निशुल्क रुपमा ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिईरहेकी छिन् । १४ देखि ४० वर्षसम्मका महिलाहरुलाई उनले ४५ दिनको ब्युटिसियनबारे बेसिक कोर्स (सहायक व्युटिसियन) प्रशिक्षण दिईरहेकी हुन् ।

काठमाडौंको आरुवारी क्षेत्रमा रहेको ‘सोवर रिकोभरी उमन्स ड्रग/अल्कोहल ट्रिटमेन्ट एन्ड रिहाविटेशन सेन्टर’ मा उनले दैनिक २ घन्टाको दरले ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिईरहेकी छिन् । अहिले ४५ दिनको प्रशिक्षण लिईरहेका त्यहाँ रहेका युवती तथा महिलाहरुलाई ६ महिनाको थप एड्भान्स कोर्स गराएर ब्युटिसियन पेशामा ल्याउने आफ्नो योजना रहेको ब्युटिसियन रिनाले बताएकी छिन् ।

‘रिहाविटेसन सेन्टरमा आफ्नो उपचार सकिएपछि त्यहाँबाट बाहिर आएर साधारण जीवनमा फर्कने क्रममा उहाँहरुले व्युटिसियसन सम्बन्धि एडभान्स तथा डिप्लोमा कोर्स गर्छु भन्नु भएको छ । त्यसपछि उहाँहरुलाई व्युटिसियन पेशामा लगाएर आत्म निर्भर बनाउन मेरो योजना रहेको छ ।’ उनले ब्युटी न्युज नेपालसँग भनिन् ।

ललितपुरको कुमारी पाटीमा पियोर स्टाईलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सञ्चालन गरेर धेरैलाई व्युटिसिनय सम्बन्धि विभिन्न प्रशिक्षण दिँदै आएकी रिनाले यसपटक सो रिहाविटेशन सेन्टरमा आफ्नो लागतमा निशुल्क प्रशिक्षण दिइरहेकी छिन् । उनले यस अघि पनि यस्तो विभिन्न सामाजिक कार्य गर्दै आएकी छिन् । यस्तो सामाजिक कार्यलाई उनले निरन्तता दिने बताएकी छिन् ।