आई क्लबमा काजलका थरी थरी फेशन


काठमाडौं । माघको चिसोलाई वे वास्ता गर्दै करिब दुई दर्जन मोडलहरुले काठमाडौंमा विभिन्न शैलीका फेशन प्रस्तुत गरेका छन् । नयाँनयाँ फेसनलाई प्रोत्साहन गर्दै आएको कार्यक्रम फेसन मेनियाको १८ औं सृँखलामा बिहीबार राति दर्शकले विभिन्न सिक्वेन्समा नयाँ फेसन हेर्ने अवसर पाएका हुन ।

‘आई क्लब फेसन मेनिया’को यो १८औं शृंखलामा काजल क्रियसनका डिजाइनर काजल शर्माका तीनवटा फरक शैलीको डिजाइन प्रस्तुत गरेर फेशन प्रेमीको मन जितिन् ।

आई क्लब र बेटल यालेक्सी इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको सो कार्यक्रमको कारियोग्राफी धिरत तण्डुकारले गरेका थिए । राजधानीको दरबारमार्ग्स्थित आई क्लबमा बिहिबार बेलुका १० बजेबाट सुरु भएको यो फेसन सो राति १२ बजेसम्म चलेको थियो । जसमा दुई दर्जन मोडलहरू ¥याम्पमा उत्रिएका थिए । आउँदो गर्मीलाई लक्षित गरेर काजलले तयार गरेको इभनिङ गाउनको प्रस्तुतिसँगै फेसन सो सुरु भएको थियो । यसपछि उनकै डिजाइनमा तयार गरेको जिपर सारी र जिपर चोलोमा सजिएर मोडलहरू अर्को सिक्वेन्समा प्रस्तुत भए । काजलले तयार गरेको विभिन्न डिजाइनका लेहँगालाई पनि मोडलहरूले मञ्चमा प्रस्तुत गरे
<
फेसन सोमा बर्षा श्रेष्ठ, मिरा लामा, शोफी कार्की, पूजा गिरी, ममता बस्नेत, प्रविणा थापा, श्रद्धा सुवेदी, रोशनी ऐरे, एन्जिला भेटवाल, पुनम भण्डारी, प्रसिमा बुढाथोकी, विशाखा पाण्डे, सन्ध्या कोईराला, प्रेमा भुजेल, सिम्रन शाक्य, रुक्सना श्रेष्ठ, सुष्मा भट्टराईलगायतका मोडल थिए ।


अभिमन्यु शर्माको व्यबस्थापनमा सम्पन्न सो कार्यक्रममा महादेव त्रिपाठीको प्रहसन र नृत्य पनि आकर्षक थियो ।
तस्बिर साभार ः आई क्लब