दीपक र रानीको तीज गीतमा बिनाको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

तीज आउन अझै डेढ महिना बाँकी छ । तर यतीबेला थुप्रै तीजको गीतहरु बजारमा आईरहेका छन् । बिगतका भन्दा अहिलेको तीज गीत फरक शैलीका छन् । केही बर्ष अगाडिसम्म तीज गीतमा महिलाहरुले सासु, श्रीमान् र घरको कथा सुनाउथे । तर, अहिलेका तीज गीतमा महिलाहरुले स्वाबलम्बी भएका कथा सुनाउन थालेका छन् ।

यस्तै शैलीको तीज गीत गायिका रानी शाक्यले बजारमा ल्याएकी छिन् । शाक्यको स्वरमा ‘खर्च माग्दीनँ’ तीज गीत बजारमा आएको हो । जसमा स्वाबलम्बीको भावना पोखिएको छ । सुनिता बस्नेत थापाको शब्द रहेको गीतलाई अहिलेको चर्चित गतिकार दीपक शर्माले संगीत गरेका हुन् । गीतमा शर्माको संगीत निकै आकर्षका छ ।

यो गतिको भिडियोमा मोडल विना राउतको नृत्य छ । उनलाई दर्जन बढी सहयोगी नृत्य कलाकारले नृत्यमा साथ दिएका छन् । यो गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। जसमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।