प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले मनायो २० औं वार्षिकोत्सव


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ जेठ

एकान्तकुना जाउलाखेलमा रहेको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको भैंसेपाटीमा एक भव्य समारोहबीच बिहिबार आफ्नो २० औं वार्षिक उत्सब मनाएको छ । प्रोत्साहनाजले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिक उत्सब मनाएको हो ।

समारोहमा प्रोत्साहनाजका तर्फबाट आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरियो । वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान, मायाको चिनो पनि प्रदान गरिएको थियो । प्रोत्साहनाजकी संचालक रेनु राना मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममो उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय पम्फा भुसालले गरिन् ।

समारोहमा बरिष्ठ सौन्दर्यबिदहरु सोनी कारंजित, रुश्का श्रेष्ठ, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, बरिष्ठ पत्रकार डब्बु क्षत्री, ब्युटिसियन रमिता महर्जन, सबिता दुवाल, मञ्जु श्रेष्ठ, लोकप्रिय गायिका मन्जु पौडेल, गायक तथा कलाकार यमन श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, संचारकर्मी पुरुसोत्तम बस्नेत, समाजसेवीहरु सुन्दर थापा, रमेश बखाती, दिपक न्यौपाने, उमेश कुमार पाण्डे, शिब कारंजित, अमर अधिकारि, चलचित्र निर्देशक लक्षु गौतमलगायत विभिन्न व्यक्तिहरु थिए ।

२० औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा जेष्ठ नागरिकहरु टुल्की राना मगर, मिरा राना मगर, प्रेम शाक्य, सिता शाक्य र कमला राजभण्डारीलाइ सम्मानित गरिएको थियो भने बरिष्ठ सौन्दर्यबिद रचना शाक्य, कुमारी सिग्देल लामिछाने, सौन्दर्यकर्मीहरु देबी महर्जनलगायतलाई पनि कार्यक्रममा सम्मान गरियो ।

प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ब्युटिसियन पेशाले हजारौं महिलालाई रोजगारमुखी तुल्याएको बताईन् । जसमा रेनु राना मगरले पनि यो सिप सिकाएर धेरैलाई रोजगार दिएको भन्दै भन्त्री भुसालले उनलाई २० औं वार्षिक उत्सबको शुभकामना दिएको थिइन्।

यस्तै बरिष्ट ब्युटिसियन एवम् रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजितले रेनुलाई २० औं वार्षिक उत्सबको शुभकामना दिँदै पाटन क्षेत्रमा गुणस्तीय सेवा दिने पार्लरको रुपमा रेनुले आफुलाई स्थापित गरेको बताईन् । यस्तै नेपालमा सौन्दर्य कलालाई एकेडेमी कोर्षको रुपमा स्थापना गर्न पनि उनले मन्त्री भुसाललाई कार्यक्रममा आग्रह गरिन् ।

यस्तै प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकी अध्यक्ष एबम बरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले सम्बन्धित सौन्दर्यकर्मी, समाजसेवी, गायिका र गीतकार लगायतले आ आफ्नो क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले उहाँहरुलाई सम्मान गरिएको कार्यक्रममा बताईन् । २० औं वार्षिक उत्सबसम्म आईपुग्दा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको बताईन् । कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले केक काट्दै प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरलाई शुभकामना दिएका थिए। कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुर्य चन्दले गरेका थिए।