एउटै स्टेजमा डि एस् ए स्टार २०२२ र ट्यालेन्ट स्टार नेपाल–२०२२ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

विभिन्न उमेर समुहका वालवालिका बीच राष्ट्रिय स्तरको नृत्य, गायन र अभिनय प्रतियोगिता ‘डि एस ए स्टार, सिजन–८’ काठमाडौंमा सम्पन्न भएको छ । परिवर्तन ईभेन्ट हाउस प्रालिले काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा शनिबार डि एस् ए स्टार २०२२ सिजन–८ र ट्यालेन्ट स्टार नेपाल–२०२२ सिजन–३ गरी दुई प्रतियोगिताको फाईनल आयोजना गरेको छ ।

जसमा डि एस् ए स्टार सिजन ८ को मिनी डन्सिङ स्टारको उपाधि आशदिप खत्री जितेका छन् । यस्तै डि एस ए जुनियर डन्सिङ स्टारको उपाधि आवाज थापाले हाँसिल गरेका छन् भने फस्ट रनर अप प्रिया बस्नेत, सेकेण्ड रनर अप गेल्मु शेर्पा, थर्ड रनर अप प्रिन्सा पुन मगर, फोर्थ रनर अप जेनिशा अधिकारी र फिफ्थ रनर अपको उपाधि इलिका केसीले प्राप्त गरेका छन् ।

प्री–टीन डन्सिङ स्टारको उपाधि दिपिका घिसिङले हाँसिल गरेकी छिन भने फस्ट रनर अपको उपाधि शब्द थापाले, सेकेण्ड रनर अपको उपाधि प्रितीका तामाङले, थर्ड रनर अपको उपाधि बिविशेक न्यौपानेले र फोर्थ रनर अपको उपाधि समृद्धी रेग्मीले प्राप्त गरेका छन् ।
यो प्रतियोगितामा जुनियर सिङगिङ स्टारको उपाधि मिकुरनी श्रेष्ठले जितेका छन भने फस्ट रनर अप एलिशा शर्मा बन्न सफल भएका छन् । सोही कार्यक्रममा प्री–टीन सिङगिङ स्टारको उपाधि बिदविशा मैनालीले जितेका छन भने फस्ट रनर अपको उपाधि अश्री राणाले, सेकेण्ड रनर अपको उपाधि पुष्पा बोहोराले, थर्ड रनर अपको उपाधि सरल थपलीयाले हाँसिल गरेका छन् ।

यस्तै अभिनय तर्फ एक्टिङ स्टारको बिजेता द्रुपद पोखरेलले जितेका छन भने फस्ट रनर अपको उपाधि थाउनी लामा र सेकेण्ड रनर अपको उपाधि अभियाना कँडेलले प्राप्त गरेका छन् । यो प्रतियोगिताको ट्यालेन्ट शोको निर्णायकमा अग्रज अभिनेता शुशील पोखरेल, गीतकार बि.बि. थापा, चलचित्र छांयाकार निरज कंडेल थिए ।

सोही मञ्चमा अभिनय, नृत्य, गायन र कला सम्बन्धि राष्ट्रिय प्रतियोगिता ‘ट्यालेन्ट स्टार नेपाल–२०२२, सिजन–३’ पति आयोजना गरिएको थियो । जसको ट्यालेण्ट राउण्डमा ४३ जना प्रतियोगिता अभिनय, नृत्य, गायन र चित्रकला प्रस्तुत गरे । अग्रज गीतकार डब्बु क्षत्री, अग्रज कोरियोग्राफर सुवास बुढाथोकी, युवा संगीतकार राजेन्द्र बजगाईं, गायिका सरिता भारती र कलाकार जगदिश अधिकारीको निर्णायक टिमले उनीहरुको ट्यालेन्ट शोको कला प्रस्तुतिको मूल्याँकन गरेको थियो । त्यसपछि उनीहरु ग्राण्ड फिनालेमा उत्रिएका थिए ।

‘ट्यालेन्ट स्टार नेपाल–२०२२, सिजन–३’ उमेर समुहको हिसाबले विभिन्न ५ समुहमा आयोजना गरिएको थियो । जसमध्य मिनी ट्यलेन्ट स्टार नेपालको उपाधि आदर्श थापाले जिते । यस्तै मिस जुनियर ट्यालेन्ट स्टार नेपाल २०२२ को उपाधि राइसा सुबेदीले हाँसिल गरिन् । यो विधामा फस्ट रनर अपको उपाधि साध्वी नकर्मीले, सेकेण्ड रनर अपको उपाधि बुनु बलले, थर्ड रनर अपको उपाधि अनुष्का थापा मगरले, फोर्थ रनर अपको उपाधि स्मरिका आधिकारीले र फिफ्थ रनर अपको उपाधि पल्सा महर्जनले जिते । यस्तै मिस्टर जुनियर ट्यलेन्ट स्टार नेपालको उपाधि याबेश लामाले जितेको सो प्रतियोगितामा फस्ट रनर अप सक्सेस केसी, सेकेण्ड रनर अप बिशेष पन्त भए ।

कार्यक्रममा प्री–टिन ट्यलेन्ट स्टार नेपालको उपाधि दिपिका ढुंगानाले हाँसिल गरिने भने फस्ट रनर अप जेसिका देबकोटा, स्केण्ड रनर अप सक्सेस सुबेदी, थर्ड रनर अप सुजु तामाङ, फोर्थ रनर अप एरिशा थापा मगर, फिफ्थ रनर अप आयुस्का चौधरी र सिक्स्थ रनर अप सिम्रन रिजाल घोषित भए ।

बिजेतालाई अमेरिकामा हुने अन्तरराष्ट्रिय प्रतियोगीता ट्यालेन्ट स्टार वल्र्ड –२०२२ मा नेपालको तर्फबाट प्रतिनिधित्व गराइने आयोजक पक्षले जनाएको छ । नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न डि एस ए स्टार सिजन ८ को फाईनलको प्रमुख निर्णायकमा नेपाल शसस्त्र प्रहरी बलका डिआईजी कृष्ण भक्त ब्रम्हाचार्य तथा निर्णायकमा अभिनेता रोबिन पोखरेल, लायन प्रनिता बराल, सञ्चारकर्मी दशरथ सुनार, चलचित्र लेखक तथा निर्देशक जगादीश्वर थापा थिए ।

परिवर्तन इभेन्ट हाउसकी सिईओ सोनिया जिआरले कार्यक्रममा स्वागत मन्तब्य राख्दै भनिन्,‘यस किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने विश्वासका साथ हामीले यो प्रतियोगिता आयोजना गर्दै आएका छौं । ’

राज बाराईलीले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान, तथा पुरस्कार समेत प्रदान गरियो । जस अन्तर्गत गीत संगीतमा अमुल्य योगदान पु¥याए बापत गायक संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीलाई राष्ट्रिय सम्मान गरियो । गायक प्रमोद निर्वान, जगदिश आधिकारी, एरिक बिश्वोकर्मा लगायतले कार्यक्रममा आफ्ना गीतहरु प्रस्तुत गरे ।